देशसञ्चार,
काठमाडौँ – तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आइतबार विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सोनाम ल्होसारको अवसरमा राजधानीको टुँडिखेलमा तीन दिवसीय ल्होसार पर्व आजबाट सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टुँडिखेलमा आयोजित कार्यक्रमको उद्घाटन गरे। प्रधानमन्त्री प्रचण्डलाई कार्यक्रममा आयोजकले तामाङ वेषभूषा लगाइदिएका थिए। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९