Online Khabar,
२० साउन, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको विशेष साधारणसभाले ज्योति लाइफ इन्स्योरेन्ससँग मर्जरमा जाने समितिको निर्णयलाई अनुमोदन गरेको छ । विराटनगरमा १९ साउनमा सम्पन्न कम्पनीको विशेष साधारणसभाले ज्योति लाइफ इन्स्योरेन्स कम्पनीसँग एक आपसमा गाभ्ने, गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्ने एवं सो सम्झौता पत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने