देशसञ्चार,
मोरङ – सार्वजनिक जग्गा अतिक्रमण गरी बसेकालाई हटाउने क्रममा धरान उपमहानगरपालिका–५ मा झडप भएको छ। वडा नम्बर ५ देउरालीमा आइतबार बिहान सुरक्षाकर्मीसहित धरान उपमहानगरको टोली अतिक्रमित घरटहरा भत्काउन पुग्दा झडप भएको हो। इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक बुद्ध श्रेष्ठले सार्वजनिक क्षेत्रमा घर निर्माण भएपछि हटाउने क्रममा सामान्य झडप भएको जानकारी दिए। धरान–५ को