देशसञ्चार,
काठमाडौँ–प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भएपछि देवराज घिमिरेले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्। घिमिरे एमाले स्थायी कमिटी सदस्य हुन्। सभामुख घिमिरेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टी जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्ष रूपमा जिम्मेवारी