देशसञ्चार,
पोखरा – पोखरा महानगरपालिकाले महेन्द्रपुल, राष्ट्र बैंकचोक, मालपोत कार्यालय अगाडि लगायत विभिन्न ठाउँमा रहेको जग्गामा सटर बनाएर भाडामा लगाएको छ। तर लामो समयदेखि व्यवसायीले भने भाडा बापतको रकम तिरेका छैनन्। महालेखा परीक्षकले हरेक वर्ष उक्त भाडा असुल्न निर्देशन दिन्छ। तर महानगरले व्यवसायीबाट भाडा उठान सकेको छैन। यसैबीच भाडा नतिरेका व्यवसायीलाई सटर खाली गर्न महानगरले उर्दी