देशसञ्चार,
सेतो सर्ट, कालो प्यान्ट, कालै चस्मा, तेरे नाम स्टाइलको हेयर कट, गहुँगोरो वर्ण, उचाइ अन्दाजी ५ फिट ६ इन्च उसलाई हेर्दा लाग्थ्यो– ऊ कुनै पर्दाको उदीयमान हिरो हो। र, ऊ सडकछेउको पेटीमा कुनै एक पात्रको चरित्र निर्वाह गर्दै छ। सडक व्यस्त छ। बाटोको एक किनारदेखि अर्को किनारसम्म लामो लाइन छ तैपनि कसो–कसो त्यो भीडमा मेरो