देशसञ्चार,
इटालियन फुटबल महासंघले सिरी ए क्लब युभेन्ट्समाथी जरिवाना स्वरूप भारी अङ्क कटौती गरेको छ। ट्रान्सफर बजारमा खेलाडी खरिद, बिक्री तथा आर्थिक प्रतिवेदनमा सही हिसाब नदेखाएको भन्दै इटालीको फुटबल महासंघले युभेन्ट्सलाई कारबाही गरेको हो। उपाधि होडमा रहको युभेन्ट्स ३७ अङ्कका साथ तेस्रो स्थानमा रहेको थियो। १५ अङ्कको जरिवानासँगै क्लब २२ अङ्कका साथ १० औँ स्थानमा झरेको