देशसञ्चार,
नेपालगञ्ज – बाँकेको डुडुवा गाउँपालिकाका आठ जना बालबालिकामा दादुरा संक्रमण देखिएको छ । पालिकाको वडा नं. १ मा दादुरा संक्रमण देखिएको हो । योसँगै जिल्लाका पाँच वटा पालिकामा दादुरा संक्रमण देखापरेको छ । डुडुवामा दादुरा संक्रमण देखापरेपछि शनिबारदेखि त्यहाँ खोप अभियान सञ्चालन गरिएको छ । वडा नं. १ को तीन वटा खोप केन्द्रमा अभियान सञ्चालन