बझाङमा १२ किलाे चरेससहित एक जना पक्राउ

0Shares

देशसञ्चार,

धनगढी – बझाङमा १२ किलाे लागुऔषध चरेससहित १ जना पक्राउ परेका छन्। वित्थडचिर गाउँपालिका-८ बागथलाबाट १२ किलो लागुऔषधसहित दार्चुलाका एक युवक पक्राउ परेका बझाङका प्रहरी प्रमुख ज्ञानबहादुर बिष्टले जानकारी दिए। उनका अनुसार दार्चुलाको शैल्यशिखर-१ बस्ने ४३ वर्षीय वीरेन्द्रबहादुर खडायत पक्राउ परेका हुन्। चैनपुरदेखि महेन्द्रनगरतर्फ आइरहेको बसमा सवार खडायतबाट चरेस बरामद गरेकाे प्रहरी प्रमुख बिष्टले बताए।

Read More

Posted on

Leave a Reply

Your email address will not be published.