Online Khabar,
८ माघ, वीरगञ्ज । वीरगञ्जमा भइरहेको प्याब्सन नकआउट क्रिकेट प्रतियोगिताको आइतबार भएको खेलमा मिनील्याण्ड, मनकामना मावि र लिटिल एन्जल्स विजयी भएका छन् । प्रिक्वार्टरफाइनलको खेलमा जीवनज्योति माविलाई ८ विकेटले पराजित गर्दै मिनील्याण्ड क्वार्टरफाइनलमा पुगेको हो । टस जितेर ब्याटिङ रोजेको जीवनज्योतिले पुरै १५ ओभरमा ५ विकेटको नोक्सानीमा १३० रन बनाएको थियो । १३१ रनको लक्ष्य