Online Khabar,
काठमाडौं । पेटको आन्द्रा र मिर्गौलामा समस्या देखिएपछि अस्पतालमा उपचाररत वरिष्ठ फिल्म प्राविधिक मोहन महर्जनलाई नेपाल चलचित्र प्राविधिक संघले आर्थिक सहयोग प्रदान गरेको छ । अध्यक्ष पुष्कर लामाले शुक्रबार वीर अस्पताल पुगेर ३५ हजार रुपैयाँ सहयोग प्रदान गरे । संस्थाअन्तर्गतको विपत व्यवस्थापन कोषबाट उक्त सहयोग प्रदान गरिएको हो । लामो समयदेखि नेपाली फिल्ममा प्रकाश व्यवस्थापक