देशसञ्चार,
नेपालगञ्ज- स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले दादुरा संक्रमण नियन्त्रणमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्। सुरुमा दादुरा देखिएको र एक बालकको मृत्यु भएको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ मा पुगेर मन्त्री गिरीले घरघरमा पुगेर बालबालिकालाई खोप लगाउन आग्रह गरे। पुस १२ गते नेपालगञ्जको वडा नं. ५ मा एकै घरका पाँच जनामा दादुरा संक्रमण देखिएकाे