Online Khabar,
८ चैत, दाङ । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको लागि मतदान जारी छ । बुधबार बिहान ८ बजेदेखि सुरु मतदान शान्तिपूर्ण ढंगले चलिरहेको छ । मतदान अपराह्न ४ बजेसम्म चल्ने निर्वाचन अधिकृत कुलबीर चौधरीले जानकारी दिए । क्याम्पसमा ५ हजार ९ सय ४० मतदाता छन् । निर्वाचनका लागि क्याम्पसमा सुरक्षा व्यवस्था कडा बनाइएको