देशसञ्चार,
काठमाडौँ – तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आज सोनाम ल्होसार पर्व मनाएका छन्। काठमाडौँ उपत्यकासहित तामाङ समुदायको ठूलो बस्ती रहेका स्थानहरुमा हर्षोल्लासका साथ सोनाम ल्होसार मनाइएको हो। ल्होसारको अवसरमा काठमाडौँको टुँडिखेलमा पनि विशेष महोत्सव र मेलाको आयोजना गरिएको छ। तीन दिनसम्म टुँडिखेलमा तामाङ समुदायले ल्होछार पर्वको अवसरमा आफ्ना साँस्कृतिक, धार्मिक नाचगान एवं झाँकीसमेत प्रदर्शन