Online Khabar,
६ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकहरुसँग कुनै कार्ड नखेल्ने बताएका छन् । नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने र उनीहरुको जायज चासो-चिन्तालाई सम्बोधन गरेर अगाडि जाने उनले बताए । एमालेको परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘दुइटा छिमेकीसँग कार्ड खेल्ने होइन हामीले