Online Khabar,
८ माघ, बुटवल । झण्डै डेढ अर्ब जनसंख्या भएको छिमेकी मित्र राष्ट्र चीनका बौद्धमार्गीहरुलाई बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आकर्षित गर्न प्रभावकारी पहल गर्न सरोकारवालाले सरकारसँग माग गरेका छन् । चिनियां नयां वर्षको अवसरमा नेपाल–चीन मैत्री समाज लुम्बिनीले भैरहवामा गरेको अन्तरक्रियामा चीनमा झण्डै डेढ अर्ब जनसंख्यामध्ये ५५ करोड बढी बौद्धमार्गी रहेकाले उनीहरुलाई लुम्बिनीमा आकर्षित गर्नसके पर्यटनमार्फत