देशसञ्चार,
म्याग्दी- बेनी नगरपालिका-१ उपल्लाचौरकी कल्पना थापामगरको आँगनमा धारा छ। खान, गाईवस्तुलाई खुवाउन र सरसफाइका लागि आवश्यक पानी सार्वजनिक धाराबाट पाइपमा जोडेर आपूर्ति गर्छिन्। ‘आँगनमा धारा भए पनि पानी आउँदैन’, उनले भनिन्, ‘टोलको सार्वजनिक धारामा पानी आउँदा पालो लगाएर पाइपबाट ल्याएको पानी ड्रम, गाग्री र ग्यालिनमा सँगालेर उपभोग गर्छौँ।’ कल्पनाजस्तै उपल्लाचौर र सालघारी टोलका धेरैजसो घरमा