Online Khabar,
१३ चैत, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबारका लागि सरेको छ । भोलि मंगलबार बस्ने भनिएको बैठक चैत्र १६ गते बिहीबार ११ बजे बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । सरकारमा जाने नेताहरुको नाम कांग्रेसले लगभग टुंगो लगाइसकेको छ ।