देशसञ्चार,
काठमाडौं- कतार विश्वकपको एसियाली छनोटको दोस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपाल अहिले अस्ट्रेलियासँग भिडिरहेको छ। कुवेतको अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार पौने १० बजे खेल सुरु भएको हो। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले स्ट्राइकर अन्जन विष्टलाई बेन्चमा राखेका छन्। नवयुग श्रेष्ठ, एरिक विष्ट, सुनिल बल, विशाल राईलाई सुरुवाती ११ मा समावेश गरिएको छ। प्रमुख स्ट्राइकरको भूमिकामा नवयुग रहनेछन्।
Read More