बाघनाथ बाबा जंगलकुटीलाई धार्मिक तथा पर्यटकीय विकास गरिने ः मन्त्री गिरी

सुचनापत्र | असोज १४, २०७५ | ३९४ पटक हेरिएको

दाङ, प्रदेश ५ का उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरी दाङको गढवा गाउँपालिका ८ मा रहेको सिद्ध बाघनाथ बाबा जंगलकुटीलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने बताए । उक्त क्षेत्र आइतवार अवलोकन गर्दै मन्त्री गिरीले थारु समुदायको धार्मिक आस्थाको धरोहर समेत रहेको जंगलकुटीलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने बताए । त्यसका लागि गुरुयोजना बनाएर काम गर्ने उनको भनाई थियो । ‘जंगलकुटी पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र रहेछ’ उनले भने‘ त्यसलाई प्रदेश ५ को महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिन्छ ।’ पर्यटन नै समृद्धिको एउटा आधार भएको भन्दै उनले जंगलकुटीलाई पर्यटकलाई आकर्षण गर्न सक्ने गरि व्यबसायमुखी पर्यटनको विकास गर्न सकिने बताए ।  मन्त्री गिरीसंगै प्रदेशसभा सदस्य प्रदेश नं. ५का प्रदेशसभा सदस्य ईन्द्रजीत चौधरी, दामा शर्मा, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवलगायतले पनि अवलोकन गरेका थिए ।   उक्त जंगलकुटी बि.स.१८७९ मा दाङ देउखुरी क्षेत्रको गढवा गाउँपालिका ८ स्थित घना जङ्गलमा भुवनेश्वर नाथले सिद्धि प्राप्त गरेको सिद्धनाथ बाबा जंगलकुटीलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विस्तार गर्न अन्य सरकारी तथा निजी क्षेत्रले समेत ध्यान दिएका छन् ।  यसअघि पनि कुटी संरक्षण समितिले कुटी क्षेत्रमा अतिथिगृह, शौचालय र कार्यालय निर्माण, मन्दिर क्षेत्रलाई सुरक्षित राख्न तारबार, मुख्य प्रवेशद्वार तथा पुरानो संरचना नबिग्रने गरी भवनको चारैतर्फ पिलरसहितको छत निर्माण तथा रङरोगन गरिएको छ ।   ऐतिहासिक महत्व तथा पुरातात्विक सम्पदासमेत रहेको कुटीमा सिद्धि प्राप्त गरेका भुवनेश्वरनाथ बाघमा चढेर जंगल घुम्ने गरेकाले उनलाई ‘बाघनाथ’ भन्न थालिएको कुटीका पुजारी देवीसिंह चौधरीको भनाई छ ।  कुटीमा बाघनाथ बाबाको पूजाअर्चनाका लागि माघे सङ्क्रान्तिमा सबैभन्दा ठूलो मेला लाग्ने गर्दछ भने दशैँ, तिहार, शिवरात्री र चैते दशैँमा समेत भक्तजन आउने गर्छन् । बाबाको खराउ, खाट, पूजाको सामग्री, ओछ््यानलगायत थुप्रै पुरातात्विक सामग्री कुटीमा रहेको छ भने १९३ वर्षअघि अगेनामा बालिएको आगोलाई अभैm निभ्न दिइएको छैन । थारु समुदायमा उत्पादन गरेका अन्नपात सर्वप्रथम बाबाको कुटीमा चढाई मात्र आफ्ना लागि प्रयोग गरेमा निरोगी हुनुका साथै बाबाको आर्शीवाद सधैँ प्राप्त हुने विश्वास रहिआएको छ । ऐतिहासिक रूपमा अगाध धार्मिक आस्था रहेको सो जङ्गल कुटीलाई राष्ट्रिय तथा विश्व सम्पदा सूचीमा अभिलेखीकरण गर्न सकियो भने ऐतिहासिक सम्पदाको संरक्षणमा कोसेढुङ्गा सावित हुने र पर्यटकीय सम्भावनासमेत बढाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस