माटोको ढिस्कोले पुर्दा एकै घरका तीन जनाको मृत्यु

सुचनापत्र | असोज १३, २०७५ | २८ पटक हेरिएको
दाङ, दाङमा माटोको ढिस्कोले पुर्दा एकै घरका तीन जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं. ४ दोलाई खोला निवासी ३० वर्षीया श्यामकुमारी चौधरी , ३५ वर्षीया मिना चौधरी र १२ वर्षीया रोजिना चौधरीको मृत्यु भएको दाङ जिल्ला प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले बताए । डिएसपी घर्तीका अनुसार शनिबार दिउँसो १ बजेतिर दसैँमा घर लिप्ने माटो खन्न गएका उनीहरूलाई माटो खन्दै गर्दा ढिस्कोले पुरेको थियो । तीनै जनाको घटनास्थलमै मृत्यु भएको डिएसपी घर्तीले जानकारी दिए । प्रहरीका अनुसार मृतक तीनै जना एउटै घर परिवारका हुन । श्यामकुमारी र मिना नन्द भाउजु हुन भने रेजिना भतिजी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस