बाख्रा पालन ब्यवसायमा रमाउदै जैसी

सुचनापत्र | असोज ०८, २०७५ | १३३ पटक हेरिएको

दाङ: घरपरिवारसग सुुखी जीवन बिताउन धन कमाउने  सपना बोकेर नेपाली युवाहरु विदेशी ने क्रम बढ्दो छ । तर केही युवाहरुले भने विदेशमा भोगेका भोगाइबाट पाठ सिक्दै स्वदेशमै विभिन्न ब्यवसायहरु शुरु गरेका छन । त्यस्तै करिब १० बर्ष जति कतार, कुवेत, साउदीमा बसेर विभिन्न भोगाई भोगेर नेपाल पर्केका बाँके राप्ती सोनारी गाउँपालिका २ टिकुलीपुरका २६ बर्षीय विरु प्रसाद जैसीले बाख्रा पालन पेशा अंगालेका छन । २० वर्षको  उम्मेरमा पहिलो कतार पुगेका थिए  । पढ्दै गरेको बेलामा पहिलो पटक २०६७ सालमा कतार जानुभएका जैसीले आफुले कत्तार, कुवेत र साउदीमा १० बर्ष सम्म भोगेका दुख पिडाले गर्दा अब घरमै केही गर्नुपर्छ भन्ने इच्छा मनमा जागेपछि स्वदेश पर्किएको उनले बताए । १० बर्ष सम्म विदेशीभुमी ऊर्जाशील समय, श्रम र पसिना उतै  बगाउनु प¥र्याे तर मनमा सन्तो स नभे टाएपछि उन करिब डेढ बर्षअघि मात्र स्वदेश फर्किए ।घर आएपछि जैसीले गाउँमा  शुरुमा १ लाख ६० हजारको लगानी गरी ब्यवसायीक बाख्रा पालन शुरु गरे । हाल ४ लाख भन्दा बढि बराबरको लागनी गरेको बताए ।

जैसीले भने ‘खाडीका मुुलकमा विताएको त्यो वर्ष बिताउदा नभे टाएको  खुशी घरमै बाख्रा पालन शुरु गरेपछि भेटाए ।’ विदेशमा करिब १८ घण्टा दैनिक काम गर्दा पनि कहिले खुशी भइदैन्थो । तर घरमै यो ब्यवसाय शुरु गरेपछि घर परिवारको सहयोग, साथीभाईको साथ पाएको छु,त्यसैले यहाँ धेरै खुसी भएको उनले बताए । पछिल्लो पकट कुवेत गएका जैसीले कुवेतमा ४ बर्ष विताएर २०७४ साल मंसीर ४ गते कुवेतवाट स्वदेश फर्किए । अब कहिले विदेश नजाने भनेर त्यही विदेशी दुख पिडाको कारणले जैसीले २०७४ मंसीर २९ गतेदेखी क्रिसीका बाख्रा पालन फर्म दर्ता गरी ब्यवासायी बाख्रापालन शुरु गरेको उनले बताए । विदेशवाट घर आईसकेपछि अव स्वदेशमै केही गर्नुपर्छ भनेर यो पेशा अगालेको जैसीले बताए । दशवटा बाख्रावाट शुरु गरेका जैसीले अहिले बबरी, स्थानिय गरी ३५ वटा बाखा्र र एक वटा अजम्बरी बेलन पालेका छन । त्यस्तै तिनीहरुका पाठा पाठी गरी करिब ५०÷६० वटा रहेको उनले बताए । उक्त बाख्रा पालनवाट अहिले सम्म करिब ३ लाख जती आम्दानी भएको बताए । यो पेशावाट आफु एकदमै सुन्तुष्टि भएको उनले बताए । तर अहिले कुनै पनि निकायवाट आफुलाई सहयोग नभएको बताए । ब्यवसायी रुपमा बाख्रा पालन गरियो तर आर्थिक अभावले अरु बाख्राको संख्या बढाउन सकिएको छैन । बैकिङ कारोवारमा गर्ने हो भने आफ्नो जग्गा ऐलानी भएका कारणले त्यो हुन सक्दैन त्यसैले अनुदान दिने भनिएता पनि अहिले सम्म पाएको छैन ।

अनुदान पाईन्छ भन्दै स्थानिय निकायवाट आश्वसन मात्र पाएको जैसीले बताउनभयो । उनले भने , आफुहरुले आन्तरिक राजश्व कार्यालयमा र स्थानिय सरकार पनि कर तिर्ने गरेता पनि अनुदान नपाएको गुनासो गरे । फर्म दता गरेर बाखा्र पालन शुरु गरीयो तर अहिले यो ब्यवसायको पनि डबल कर तिर्नु पर्ने बाध्यता भएको छ । एका तिर आन्तिरक राजश्व कार्यलयमा र अर्काे स्थानिय तहलाई तिर्नुपर्ने उनले बताए । सरकारले विभिन्न ब्यवासाय गरेकालाई अनुदान दिने गरेको भएता पनि आफुले नपाएको उनले गुनासो गरे । शुरुमा ब्यवसाय गर्दा गाउँवाट ऋण लियो । तर अहिले त्यो ऋण तिर्नेलाई एक जनावाट ऋण लिएर अर्काेलाई दिदां आफुहरु चर्किय ब्याजको मारमा परेका बताए ।

 

प्रतिक्रिया दिनुहोस