स्कुल बस दुर्घटना, २२ बिद्यार्थी घाईते 

सुचनापत्र | असोज ०८, २०७५ | ८१ पटक हेरिएको

दाङ,तुलसीपुरमा स्कुल बस दुर्घटना हुँदा २२ बिद्यार्थी घाईते भएका छन् । लमही–तुलसीपुरसडक खण्ड अन्र्तगत तुलसीपुर ६ को  मोतिपुरमा  स्कुल बस दुर्घटना हुँदा २२ जना बिद्यार्थी घाईते भएका हुन् । घाईते मध्य सवारी चालकको अबस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।  चालकको थप उपचारका लागि कोहोरपुर रेफर गरिएको प्रहरीले बताएको छ  । गाडि ओभरट्याग गर्न खोज्दा गोरखा माध्यमिक विद्यालय तुलसीपुरको रा १ त १९९ नम्बरको स्कुलबस सोमवार साँझ पौने पाँच बजे तिर दुर्घटना भएको हो । बिद्यार्थी बोकेर घरतिर जाने क्रममा बस दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस