सांकेतिक भाषालाई राष्ट्रिय भाषा बनाउनु पर्छ’

सुचनापत्र | असोज ०७, २०७५ | ५१ पटक हेरिएको

दाङ: दाङको तुलसीपुरमा आइतवार पहिलो अन्तर्रा्ष्ट्रिय राष्ट्रिय भाषा दिवस मनाईएको छ । राप्ती बहिरा संघको आयोजनामा उक्त दिवस मनाईएको हो । त्यस अवसरमा बक्ताहरुले सांकेतिक भाषालाई राष्ट्रिय भाषाका रुपमा मान्यता दिनुपर्ने बताएका थिए । सुस्तश्रवन भएका ब्यक्तिहरुको भाषा सांकेतिक भाषा भएकाले उक्त भाषालाई राष्ट्रियकरण गर्नुपर्ने राप्ती बहिरा संघकी निर्देशक प्रतिमा शर्माले बताईन । ‘सुस्तश्रवन भएकाहरुका लागि आफ्नो कुरा ब्यक्त गर्ने माध्याम सांकेतिक भाषा हो ’ उनले भनिन्‘ त्यसैले यो भाषालाई राष्ट्रिय भाषा बनाउनुपर्छ ।’ राष्ट्रिय भाषाको रुपमा मान्यता दिएर सांकेतिक भाषाबाटै सबै खालका परीक्षा दिन पाउने, सांकेतिक भाषालाई सबैले बुझ्न सक्ने बनाउनुपर्ने उनको भनाई थियो । अहिले बोल्ने र आफ्ना कुराहरु ब्यक्त गर्न नसकेकै कारण सुस्तश्रवन भएका ब्यक्तिहरु पछाडि परिरहेको संघका अध्यक्ष अजय कुमार शर्माले बताए ।‘ सुस्तश्रवन भएकाहरुको लागि सांकेतिक भाषा एउटा अभिन्न अंग हो’ उनले भने ‘तर यही सबैले नबुझ्दा सुस्तश्रवन भएका ब्यक्ति पछाडि परेका छौं ।’ सुस्तश्रवनहरुको मूख्य समस्या बोल्ने र आफुले सांकेतिक भाषाबाट बोलेको अरुले नबुझ्ने रहेको अध्यक्ष शर्माले बताए । हरेक क्षेत्रमा काम गर्दा पनि सुस्तश्रवन भएका ब्यक्तिहरुलाई समस्या हुने गरेको उनले बताए ।‘सरकारी कार्यालयमा जाँदा हामीले बोलेको भाषा कसैले पनि बुझ्दिनु हुन्न्’ उनले भने ‘ त्यसैले काम नै नगरि फर्किने गरेका छौं ।’ अब सबै सरकारी कार्यालय, बिद्यालयलगायत सेवा प्रदान गर्ने निकायमा अनिवार्य रुपमा सांकेतिक भाषा बुझ्ने ब्यक्ति राख्नु पर्ने उनको भनाई थियो । नेपालको संबिधानलाई पनि प्रत्येक ब्यक्तिलाई आफ्नो भाषा प्रयोग गर्ने हक भएपनि सुस्तश्रवन गर्ने ब्यक्तिले त्यो हक प्रयोग गर्न नपाएको उनको भनाई थियो । यसमा सरकारले बिषेश ध्यान दिनुपर्ने अध्यक्ष शर्माले बताईन । स्थानीय सरकारले सुस्तश्रवनहरुको अधिकारका लागि तुलसीपुर उपमहानगरपालिकाका पहल थाल्ने उपप्रमुख माया आचार्यले बताए । प्रदेश सरकारले पनि सुस्तश्रवन भएकाहरुको अधिकारका लागि कानुन निर्माण गर्ने बिषयमा पहल थाल्ने प्रदेश ५ प्रदेशुभा सदस्य उत्तर कुमार वलीले बताए । दाङमा पाँच हजार बढि सुस्तश्रवन भएका ब्यक्तिहरु छन् । अहिले दाङको दुई वटा बिद्यालयमा सुस्तश्रवन भएका बिद्यार्थीहरुको पठनपाठन हुन्छ । अहिले शब्दकोषको भाषा र प्राकृतिक सांकेतिक भाषा दुई प्रकारका भाषा प्रयोग गर्ने गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस