छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

| असोज ०६, २०७५ | ५३ पटक हेरिएको

दाङ: छोरी बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहामनगरपालिका वडा नम्बर ५ की १३ बर्षीया छोरीलाई बलात्कार गर्ने बाबुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो । शनिबार उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । उपचारका क्रममा नेपालगंज लगिएकी ति बालिकाको स्वास्थ्य रिपोर्टले आफ्नो बुवाले बलात्कार गरेको खुलेको हो । ति बालिकाको यौनीमा घाउ लागेपछि उपचारको क्रममा यस्तो तथ्य बहिर आएको हो ।ईलाका प्रहरी कार्यालयमा बालिका र बालिकाकी आमाले दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए । बाबुलाई अहिले ईलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस