अबैद्य मासु जफत

सुचनापत्र | असोज ०४, २०७५ | २८ पटक हेरिएको

दाङ, राप्ती गाउँपालिका पशुसेवा शाखासहितको अनुगमण टोलीले दुई सय केजी अबैद्य मासुु जफत गरेको छ । राँगाका मासु भनी भैसीको मासु बिक्रि गर्ने गरेको भन्दै राप्ती गाउँपालिका वडा नं. ३ बाघढढ्डीको एक पसलबाट सोही परिणाम बराबरको मासु जफत गरिएको हो । साथै बस्तीको बीचमा मासु पसल गरेको, लामो समयसम्म खुल्ला रुपमा राखिएको मासु जफत गरिएको पशुसेवा शाखा प्रमुख हेमराज आचायले बताए ।गाउँपालिकाले नागरिकहरुलाई स्वस्थ मासुजन्य पदार्थ खाने ब्यवस्थाको लागि मासु बिक्री वितरण गर्ने ब्यवसायीलाई पशु चिकित्सक वा पशुसेवा प्राविधिकबाट चेकजाँच गराउनुपर्ने, सुर्योदय पछि र सुर्यास्थ अघिमात्र भाले पशु चौपाया बध गरी मासु डिफ्रिजमा राखेर मात्रै बिक्री गर्न निर्देशन दिएको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताए । साथै मूल्य सुची राख्न, फ्रेस हाउस दर्ता गरेर मात्र चलाउने ब्यबस्था गरेपनि अटेरी गरेको भन्दै अनुगमणलाई तिब्रता दिईएको उनले बताए । बिहीबार गाउँपालिका प्रमुख, पशुचिकित्सक, पशुसेवा शाखा प्रमुख, प्रहरी, राजनीतिक दलका प्रतिनिधिसहितको टोलीले मासुपसलको अनुगमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस