रिभल्वर पेस्तोल सहित एक जना पक्राउ

सुचनापत्र | असोज ०४, २०७५ | १५५ पटक हेरिएको

दाङ, प्रहरीले दाङमा पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले रिभल्वर पेस्तोल सहित एक जनालाई पक्राउ गरेको जानकारी दिएको छ । कार्यालयले विहीवार पत्रकार सम्मेलन गरेर पक्राउ परेकालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १२ का २१ वर्षीय जुनकुमार बुढा रहेका छन् । असोज २ गते बुढालाई घोराही १३ बाट पक्राउ गरिएको प्रहरी उपरिक्षक कृष्णहरि शर्माले बताए ।त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङले ईमोमार्फत चिठ्ठा प¥यो भनेर गठी गर्ने २ जनालाई पनि पक्राउ गरेको छ । ईमो मार्फत भारु २५ लाख रुपैयाँ चिठ्ठा प¥यो भन्दै विभिन्न व्यक्तिलाई ठगेको अभियोगमा दुई जना व्यक्तिलाई पक्राउ गरेको छ ।

चिठ्ठा परेको भ्रम छर्दै एक लाख २५ हजार रुपैयाँ आईएमी मार्फत रकम बुझेको अभियोगमा नवलपरासी सुस्ता गाउँपालिका वडा नं. ४ निवासी ३१ बर्षिय पुरणबहादुर खवास र सोहि ठाउँ निवासी खवासका साथि बुढेस विनलाई समेत पक्राउ गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख शर्माले बताए ।

 

प्रतिक्रिया दिनुहोस