बीरेन्द्र मा.वि खिलतपुरले संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनायो

सुचनापत्र | असोज ०३, २०७५ | २७९ पटक हेरिएको

छबि कुमार वली
खिलतपुर, संविधान दिवसको अवसरमा बीरेन्द्र मा.वि. शान्तिनगर–१, खिलतपुरले बुधवार खिलतपुर बजार क्षेत्रमा ¥याली निकालेर संविधान दिवस मनाएको छ । ¥यालीले खिलतपुर बजार परिक्रमा गरि विद्यालयमा आएर कार्यक्रम पनि सम्पन्न गरेको छ । दिवसको अवसरमा विद्यालयमा विभीन्न प्रतियोगीतात्मक कार्यक्रमहरु हाजीरी जवाफ, घैटाफोर कार्यक्रम पनि भएको थियो ।

शान्तिनगर गाउँपालिका वडा नं. १ र बीरेन्द्र मा.वि. खिलतपुरको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो । सो कार्यक्रममा बोल्ने वक्ताहरुले संविधानले दिएका अधिकारहरु कार्यान्वयन गर्नु हामी सबैको दायित्व भएको र संविधानले सबै नागरिकलाई स्वतन्त्रता प्रदान गरेको बताउँदै नयाँ संविधान सबै नेपालीको साझा दस्ताबेज भएको पनि बताएका थिए । कार्यक्रममा शान्तिनगर १ का वडा अध्यक्ष जंग बहादुर पुन, शान्तिनगर गाउँपालिका शिक्षा शाखा प्रमुख घनश्याम वली, शिक्षक अभिभावक संघका अध्यक्ष गोपीलाल वली, वडा सदस्य बिमी कुमारी डाँगी ले आ–आफ्नो मन्तव्य राखेका थिए । विद्यालयका प्रधानअध्यापक कुल बहादुर डाँगी को अध्यक्षतामा भएको उक्त कार्यक्रम शान्तिनगर गाउँपालिका वडा नं. १ का सचिव गेहेन्द्र पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक लोकेन्द्र बहादुर डाँगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस