१५ बर्ष देखि प्रहरीले बन्द गरेको सडक वडाले खोल्यो

सुचनापत्र | भदौ १९, २०७५ | १६५ पटक हेरिएको

दाङ, तुलसीपुर उपमहानगरपालिका ६ मा रहेको तत्कालिन राप्ती अञ्चल प्रहरी कार्यालयले बन्द गरेको सडक वडाले खोलेको छ । सुरक्षाको दृष्टिले उत्तम नभएको भन्दै प्रहरीले १५ बर्ष अघि उक्त सडक बन्द गरेको थियो । युद्धको समयमा तत्कालिन अञ्चल प्रहरीले उक्त सडक बन्द गरेको थियो । उक्त सडकको मंगलबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, वडा नम्बर ६ का अध्यक्ष नबराज लामिछाने, कार्यपालिका सदस्य अमर नेपाली‘माईकल’, वडासदस्य बर्षात लगायतको टोलीले  उक्त खोलेको हो । त्रिमुर्ति टोल विकास संस्था भित्र रहेको उक्त सडक खोल्नका लागि पटक पटक स्थानीयले आवाज उठाउँदा पनि कुनै पनि निकायले उक्त सडक खोल्न सकेको थिएन् ।  तुलसीपुरको ग्रेट अरनीको स्कुल हुँदै हालको संघीय प्रहरी कार्यालयको गेट नजिकै पुग्ने उक्त सडक  खुलेसंगै स्थानीयबासी खुसी भएको त्रिमुर्ति टोल विकास संस्थाका सल्लाहकार होताराम आचार्यले बताए ।  सडक बन्द हुँदा दैनिक १५ सय बढिलाई शास्ती हुने गरेको उनको भनाई थियो । ‘बाटो बन्द हुँदा त्यस क्षेत्रका बिद्यालय जाने बिद्यार्थी लगायत अन्य कामका लागि जाने यात्रुहरुलाई लामो बाटो भएर घुमेर जानुपर्ने अबस्था थियो’ उनले भने‘तर अब बाटो खुलेसंगै त्यो अबस्थाको अन्त्य भएको छ ।’ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ ले संघीय प्रहरी कार्यालय, उपमहानगरपालिकासंग छलफलका माध्यामबाट समस्या समाधान गरि सडक खुलाएको वडा सदस्य दुजमान भण्डारी‘बर्षात’ले बताए ।

 

 

((

प्रतिक्रिया दिनुहोस