युनिसेफले बालबालिका र खानेपानीमा काम गर्ने

सुचनापत्र | भदौ १९, २०७५ | १०९ पटक हेरिएको

तुलसीपुर, तुलसीपुर उप महानगरपालिका भित्र खानेपानी र बालबालिकाको क्षेत्रमा युनिसेफले तत्काल काम सुरु गर्ने भएको छ । उप महानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र युनिसेफका फिल्ड अफिसर ऋद्धि शर्माका विच द्धिपक्षिय समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारीमा बाल संरक्षणको क्षेत्रमा काम गर्नुका साथै खानेपानी योजना सञ्चालन गर्ने समेत उल्लेख गरिएको छ । “बाल संरक्षणका लागि विगतमा काम गरेको भएपनि यो वर्षबाट हामीले खानेपानीको क्षेत्रमा पनि काम गर्दैछौ ” अधिकृत शर्माले वताइन् । उनले तुलसीपुर उपमहानगरपालिकालाई चाहिने कुनै पनि प्राविधिक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । लामो समयदेखि तुलसीपुरमा काम गर्दै आएको वताउँदै शर्माले थप कार्यक्रम अन्तर्गत वालवालिका र खानेपानीको क्षेत्रमा एक करोड ५० लाखको लगानी गरिने पनि वताईन् । नगरप्रमुख घनश्याम पाण्डेले वालवालिका, महिला, विपन्न र ज्येष्ठ नागरिकका लागि उपमहानगरपालिकाले विशेष कार्यक्रम सञ्चालन गरिरहेको वताउँदै युनिसेफसँगको सहकार्यलाई थप प्रभावकारी वनाइने समेत वताए । जनताले पूर्वाधार विकासको माग गर्नेभएकाले त्यो क्षेत्रमा पनि काम गर्न आवश्यक रहेको वताए । “कार्यक्रमका नाममा मात्रै कार्यक्रम गर्नुभन्दा पनि त्यसको प्रभावकारीताको ख्याल गरेर काम गर्नुुपर्ने हुन्छ ” उनले भने । उपमहानगरपालिकाले सुरक्षित आवास, सुरक्षित मातृशिशु, ज्येष्ठ नागरिक न्यानो कपडा वितरण लगाएतका कार्यक्रम सञ्चालन गरेको वताउँदै नगरप्रमुख पाण्डेले युनिसेफलाई थप सहकार्यका लागि काम गर्न पनि आग्रह गरे । सम्झौता कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारु, युुनिसेफका फिल्ड संयोजक विनोद कुमार यादव, वडाध्यक्ष नवराज लामिछाने लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस