फरक क्षमताका दाङका ऋषी, हातले टेकेर हिड्छन ३ किलोमिटर सम्म (भिडियो सहित)

भदौ १४, २०७५

 

दाङ, दाङका एक युवाले आफुले गरे के हुदैन भन्ने भनाईलाई काम गरेर देखाएका छन । तुलसीपुर उपमहानगरपालिका ३ राना गाउँका २७ बर्षीय ऋषि परियारले दैनिक तिन किलोमिटर सम्म हातले टेकेर आफ्नो क्षमता प्रर्दशन गरिरहेका छन । आफ्नो कला गिनिज बुकमा रेकड गर्ने सपना छ । तर आर्थिक अभावले गर्दा उनी अहिले सम्म त्यो सपना पुरा गर्ने सकेका छैन । हामीलाई सुन्दा अञ्चम्म लाग्न सक्छ मानिस खुट्टाले हिड्दा त हामीले धेरै समस्या हुन्छ तर हात टेकेर उनी १ घण्टा १० मिनेटमा तीन किलो मिटर सम्म हिड्न सक्ने क्षमता । २७ बर्षीय परियारले हातले हिडेर लामो दुरी पार गरेर बिश्वकिर्तीमानी कायम गर्ने दौडमा छन् । तर आर्थिक अभाबमा उनको बिश्व किर्तीमानी कायम गर्ने सपना पुरा हुन सकेको छैन । तर उनले हिम्मत भने नहारेको बताए । जसरी पनि बिश्व किर्तीमानी कायम गरेरे देखाउने परियार भन्छन, अहिले गिनिज बुकको लागी फारम भरेको छु त्यसैको पर्खाइमा बसेको छु । ‘म हातले टेकेर लामो दुरीको यात्रा पार गरेर विश्वकृतिमानी कायम गरेर देखाउने प्रक्रियामै छु ।’ उनले भने ‘ तर आर्थिक अभाब हुँदा प्रक्रिया अघि बढाउन समस्या रहेको छ ।’आफ्नो क्षमता देखाउने गिनिज बुकको कार्यालयबाट कर्मचारी नेपाल बोलाउँदा करिब १० लाख खर्च हुने हुन्छ तर उक्त रकम आफुसंग नभएकाले आफ्नो गिनिज बुकमा नाम लेखाउने सपना पुरा नभएको उनले बताए ।

तुलसीपुर–३ राणागाउँ घर भएका उनी सानैदेखि खेल क्षेत्रमा रुचि राख्ने गर्थे । उनी सानैदेखि जिम्यास्टिक, उफ्रने, दौड्ने, खेल खेल्न बढी रुचाउथे । १४ बर्ष अघि उनको मनमा मानिस खुट्टाले त हिड्छन तर हातले हिडे कस्तो हुन्छ होला ? यो प्रश्न उनको मनमा खेल्न थाल्यो । उनले मनमा उक्त प्रश्न खेलाई रहन मानेनन् । अनि आफै हातले हिड्ने अभ्यास गर्न थाले । १४ बर्षको लामो संघर्ष र प्रयास पछि उनी अहिले उकालो, ओरालो समेत हिड्न सक्ने भए । यहि सीपलाई लिएर उनी बिश्व कीर्तिमानी कायम गरी आफ्नो जन्मभूमि र देशलाई चिनाउने दौडमा छन् ।

277 Views

प्रतिक्रिया दिनुहोस

अन्य भिडियो

“डेराबासी”को प्रथम म्यूजिक भिडियो सार्वजनिक

तिम्रो भागमा घर प¥यो हाम्रो भागमा डेरा यो जुनिलाई यस्तै भयो जिन्दगानी हेर…. नियतीको कोर्राले चुटेका लाखौँ डेराबासीको जीवन भोगाइको

प्रदेश राजधानी तोक्न माग गर्दै दाङ बन्द (भिडियो सहित)

दाङ । सरकारले उच्च अदालत भएको जिल्ला छोडेर राजनीतिक पहुचका आधारमा रुपन्देहीमा प्रादेशी मुकाम तोकन थालेको भन्दै दाङमा मंगलबार बन्द

दंगाली गायिका रिता बुढाथोकीको तिजको कोसेलीः घिघिन मादल घन्काउदै

दाङ, शान्तिनगर गाउँपालिका ४ जुम्लेकुलाकि गायिका रिता बुढाथोकीकोे तीजको कोसेली ‘ घिघिन मादल घन्काउदै भन्ने गित ल्याएकी छन । दाङमा

दाङका कृषकहरुलाई सिमकार्ड (भिडियो)

दाङः जिल्लाका किसानहरुलाई किसान सिमकार्ड वितरण गर्ने तयारी भएको छ । कृषिसम्बन्धी सुचनाहरु मोबाइलमार्फत जानरकारी दिने उद्धेश्यले दाङका व्यावसायिक  किसानहरुलाई

साहित्यपत्र

रुकुममा श्रीमानले गरे श्रीमतीको हत्या

रुकुमको पुथाउत्तरगंगा गाउँपालिका ७ जाङमा नवनिर्वाचित वडा सदस्यको हत्या भएको छ । जाङका नवनिर्वाचित दलित महिला सदस्य २७ वर्षिया बयानसरी