नाफामा कृषि बिकास बैंक

सुचनापत्र | भदौ १२, २०७५ | ८५ पटक हेरिएको

दाङ, कृषि विकास बैंक तुलसीपुरले गएको बर्ष नाफा कमाउन सफल भएको छ । गएको आर्थिक बर्ष २०७४ ÷ ०७५ मा ८ करोड ५५ लाख नाफा कमाउन सफल भएको बैंकले जनाएको छ । बैंकको लक्ष्य भन्दा बढि नाफा कमाउन सफल भएको कार्यालयका शाखा प्रबन्धक नेत्र बुड्थापाले बताए । गएको आर्थिक बर्षको कर्जा लगानीतर्फ अघिलो आर्थिक बर्ष २०७३÷०७४ भन्दा एक सय १९ प्रतिसत बढि प्रगति गरेको छ । गएको आर्थिक बर्ष २०७४÷०७५ मा ७९ करोड ६० लाखको लक्ष्य रहेकोमा ९४ करोड ५५ लाख प्रगति हासिल गरेको कार्यालयका शाखा प्रबन्धक बड्थापाले बताए । गएको बर्ष व्याज असुली पनि बृद्धि भएको छ । अघिल्लो आर्थिक बर्षको तुलसनामा गत बर्ष एक सय १९ प्रतिसत बृद्धि भएको छ । ९ करोड ८२ लाख लक्ष्य रहेकोमा ११ करोड ११ लाख संकलन भएको उनले बताए । उनका अनुसार कार्यालयमा लगानी पनि बृद्धि भएको छ ।अघिल्लो बर्षको तुलनामा गत बर्ष ८ प्रतिशतले बृद्धि भएको उनले बताए । साथै निक्षप पनि ८ प्रतिसतले बृद्धि भएको छ । बैंकमा हाल अहिले कर्जाग्राही १ हजार ४ सय जना रहेका छन, भने हाल ५ करोड लगानी रहेको छ । गत बर्षको निक्षेप रकम २५ करोड ५० लाख रहेको उनले बताए । तर अघिल्लो आर्थिक बर्ष २०७३ ÷ ०७४ मा भने निक्षेप रकम २७ करोड ५१ लाख थियो । त्यस्तै बैंकको खुद नाफा एकसय प्रतिसतले बृद्धि भएको छ । गएको आर्थिक बर्षमा ८ करोड ५५ लाख रहेको छ भने अघिल्लो आर्थिक बर्ष २०७३ ÷ ०७४ मा चार करोड २७ लाख मात्र थियो । साथै बैंकले कृषि क्षेत्रमा ४० प्रतिसत कृषि कर्जा प्रवाह गरेको छ । माग धेरै भएपनि अहिले ४० प्रतिसत मात्रै कर्जा प्रवाह गरेको उनले बताए । त्यस्तै बैंकले निश्कृय कर्जा घटाउन सफल भएको छ ।अघिल्लो आर्थिक बर्षमा ० दशमलव ५ प्रतिशत रहेकोमा गएको आर्थिक बर्षमा ० दशमलव ४ प्रतिशत पु¥याईएको छ । त्यस्तै गत आर्थिक बर्षमा बाँकी रहेको ० दशमलव १ प्रतिशत ब्याज बितेको आर्थिक बर्षमा ० दशमलव ८ प्रतिशत पु¥याईएको छ । बैंकले हाल अनलाइन बैंकिङ, एटिएम, एबिबि एस,मोबाइन बैंकिङ, इन्टरनेट बैंकिङ, एएसबिय सेवा पनि उपलब्ध गराउँदै आएको छ । त्यस्तै तीन महिने मुद्दतीमा ८ प्रतिशत ब्याज, ६ महिने मुद्दतीमा ९ दशमलव ५ प्रतिशत र समयावधि अनुसार बार्षिक रुपमा ११ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस