स्तनपान कक्षको उद्घाटन

| भदौ १०, २०७५ | १८५ पटक हेरिएको

तुलसीपुर, तुलसीपुर उपमहानगरले स्थापना गरेको सुत्केरी कक्षको उद्घाटन गरिएको छ । आईतबार एक कार्यक्रम गरि कक्षको उद्घाटन गरिएको हो । पछिल्लो समय सुत्केरी महिलाहरुले खुल्ला रुपमा स्तनपान गराउन हिन्ताबोध गर्ने गरेको भन्दै सुरक्षित स्तनपान बनाउन स्तनपान कक्ष स्थापन गरिएको तुलसीपुर उपमहानगर स्वास्थ्य शाखा प्रमुख डा गोकर्ण दाहालले बताए । सुत्केरी आमा र बच्चाको स्वास्थ्य प्रबद्र्धन कार्यक्रम अन्तरगत उक्त स्तनपान कक्ष स्थापन गरिएको हो । देशभरकै सरकारी कार्यालयमा स्तनपान कक्ष स्थापन गर्नुपर्ने आवाज उठिरहेको अबस्थामा तुलसीपुर उपमहानगरपालिकाले कक्ष स्थापन गरेको हो । यसले उपमहानगरलाई स्मार्ट बनाउन मद्धत पु¥याउने डा दाहालको भनाई थियो । बच्चा लिएर आउने सेवाग्राही र सुत्केरी भत्ता लिन आउने सेवा ग्राहीलाई लक्षित गरेर स्तनपान कक्ष स्थापन गरिएको भएपनि उक्त कक्षमा जुन सुकै आमाले पनि स्तनपान गराउन सक्ने उनले बताए । डा. दाहालका अनुसार सन् २०१६ को तथ्यांक अनुसार ५५ प्रतिशत महिलाहरुले मात्र ६ महिना सम्म निरन्तर स्तनपान गराउने गरेको भन्दै त्यो दरलाई बृद्धि गराउन यसले महत्वपूर्ण भूमिका राख्ने उनको भनाई थियो । समयको अभाव, जनचेतनाको कमी , आधुनिक जिवनशैलीका कारण स्तनपान नगराउने महिलाहरुलाई बच्चा र आमाको स्वास्थ्यका लागी पनि निरन्तर स्तनपान गराउन आग्रह समेत गरे । करिब दुई लाखको लगानीमा स्तनपान कक्ष स्थापना गरिएको हो । जहाँ सुतेर द्ध खुवाउनका लागी एउटा खाट, बस्नका लागी सोफा राखिएको स्वास्थ्य शाखा उपसंयोजक विष्णु गिरीले बताए । ‘सबै महिलाहरुले बेहोर्दै आएको समस्या हो यो बच्चा लिएर काममा आउनुपर्ने, बच्चा रोएको बेलामा दुध खुवाउन नपाइने , असुरक्षित तरिकाले खुल्ला रुपमा दुध खुवाउनुपर्ने बाध्यता, बस्ने ठाउँ नै नहुने, यी विविध समस्याहरुलाई समाधान गर्न सकियोस् भनेर बच्चा र आमा दुबैको स्वास्थ्यका लागी मध्यनजर गरेर स्तनपान कक्षको स्थापना गरेका हौं’ उनले भने । कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले स्तनपान गर्न पाउने बालबालिकाको अधिकारबाट उनीहरुलाई बञ्चित गराउन नहुनेमा जोड दिईन् । आफुहरुका लागी उपमहानगरपालिकाले राम्रो काम गरेको स्तनपान कक्षमा आफ्नो ५ महिने छोरालाई स्तनपान गराईरहेकी तुलसीपुर ७ की विनिता केसीले बताइन । बच्चालाई लिएर काममा जानुपर्छ तर उचित समयमा दुध खुवाउन पाउँदैनौं ,भिडभाडमा दुध खुवाउन पनि गाह्रो हुन्थ्यो अब भने सजिलो हुने भयो भन्दै खुसी व्यक्त गरिन । जहाँ पायो त्यहाँ दुध खुवाउन पनि मन नलाग्ने , बच्चालाई रुवाई रुवाई हिड्नुपथ्र्यो, अब अरु अफिसहरुमा पनि यस्तै भए त राम्रो हुन्थ्यो , तुलसीपुर १७ की शर्मिला चौधरीले प्रतिक्रिया दिइन । कार्यालयका कार्यकारी अधिकृत आनन्द सारु , प्रबक्ता श्याम डाँगी, कार्यपालिका सदस्य देबराज विश्वकर्मा, सदस्यहरु यमुना परियार, जानका रेग्मी लगायतले सहभागिता जनाएका थिए । कार्यक्रममा उपस्थित १० जना सुत्केरी सेवाग्राहीलाई न्यायो झोला वितरण गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस