सरकारलाई घेराबन्दी गर्ने काम भईरहेको छ : मुख्यमन्त्री पोखरेल

सुचनापत्र | भदौ ०६, २०७५ | १४७ पटक हेरिएको

दाङ, प्रदेश नम्वर ५ का मुख्य मन्त्री शंकर पोखरेलले  सरकारले राम्रा काम गर्दा गर्दै पनि विभिन्न बखेडा झिकेर सरकारलाई घेराबन्दी गर्ने काम भैरहेको बताए । प्रेस चौतारी एव प्रेस सेन्टर दाङले बुधवार घोराहीमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले ‘तत्कालिन एमाले र माओवादीको पाटी हुदाँ उनीहरु चुप थिए तर पाटी एकता पछि उनीहरु अतालिएर सरकार असफल बनाउने दाउमा लागेको बताए ।’ मुख्य मन्त्री पोखरेलले भने ‘सरकारमा रहेका दुइपाटीको एकताले नै काग्रेस आक्रोसित बनेको हो ।’सरकारले गरेका विभिन्न किसिमका ऐतिहासिक कामलाई नजरअन्दाज गरेर अनुपयुक्त विषयमा आक्षेप लगाएर विरोध गर्ने काम काग्रेसले गरिरहेको बताए । भष्टाचार नियन्यण, यातायात माथिको सिन्डिकेट अन्त्य, बैदेशिक रोजगारमा बढेको ठगि माथिको नियन्त्रण जस्ता राम्रा कामलाई भन्दा पनि असामाजिक मुद्धा उठाएर सरकारको आलोचना भैरहको उनले बताए । साथै विपक्षीले विरोधका विषय आफै जन्माउने काम गरिरहेको बताए । प्रेस चौतारी दाङका अध्यक्ष जेएन सागरको अध्यक्षमा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेश पाँचले ल्याएको विकासे बजेटको विषयमा चर्चा गर्दै सरकारले काम गर्न सकेन भन्ने समिक्षा निराधार भएको बताए । उनले सरकारले गर्न खोजेका राम्रा कामलाई काग्रेसले भाजो हाल्ने काममा मात्र सक्रियता देखाएको बताए । उनले पछिल्ला समयमा करको विषयलाई लिएर सरकारको अनावश्यक आलोचना फेरी सुरुभएको प्रति पनि आक्रोस पोखे  । ‘अहिले करको कहर भन्दै सरकारको खेदो खन्ने काम भएको छ ।’ उनले भने केही पालिकाहरुले कर बढाएका होलान तर ती सबैको दोष केन्द्र सरकारलाई दिन मिल्दैन ।’  निम्न आए भएकाहरुको लागि सरकारले धेरै थरिको करमा छुट दिएको र शिक्षा, स्वास्थ्य जस्ता विषयमा कर नै नलगाउने काम भैरहेको उनले बताए । कर छुटको विषयमा वेवास्ता गर्ने तर एक दुइ पालिकाले बढाएको करलाई अतिरन्जित गरेर सरकारलाई गाली गर्ने काम भैरहेको उनले गुनासो गरे ।  प्रदेश ५ सरकारले पटके सवारी करलाई कानुनी रुपमै बन्देज गरेको समेत बताए । स्थानिय सरकारले लगाएको करको विषयलाई लिएर केन्द्र सरकारलाई गाली गर्नु विपक्षको गैरराजनीतिक क्रियाकलाप भएको बताए ।

प्रतिक्रिया दिनुहोस