दाङको बेलझुण्डी आयुर्वेदको केन्द्र वन्छ ः मन्त्री गिरी

सुचनापत्र | भदौ ०५, २०७५ | ३०७ पटक हेरिएको

दाङ, प्रदेश नम्बर ५ का उद्योग, पर्यटन तथा वनमन्त्री लिला गिरीले दाङ्गको बेलझुण्डीलाई आयुर्वेदको केन्द्रका रुपमा विकास गर्ने वताए । नेपाल संस्कृत विश्वविद्यालय जस्तो गरीमा बोकेको संस्था दाङमा हुनु सबैको गौरबको विषय भएको वताउँदै गिरीले त्यसको महिमा वोध गर्न नसकेर यो क्षेत्र पछाडि परेको समेत वताए । ‘पूर्वीय दर्शनका आधारमा विभिन्न आविष्कार गरेर पश्चिमाहरुले निकै विकास गरे तर हामी अझै पछाडी छौ ’ मन्त्री गिरीले भने । तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको स्वागत सम्मान तथा अन्तक्र्रिया कार्यक्रममा वोल्दै उनले विश्वविद्यालय दाङ्गको गहना भएको वताउँदै यसको अधिकतम विकासका लागि प्रदेश सरकारले पहलकदमी लिने वताए । विश्वमा पछिल्लो समय आयुर्वेद चिकित्सा पद्धतिको विकास हुँदै गएको भन्दै मन्त्री गिरीले दाङ त्यसको केन्द्र वन्न सक्ने विश्वास व्यक्त गरे । ‘ दाङ जस्ता अत्यन्त सुन्दर भुगोल भएको ठाउँको विकासका लागि सबैले पहल गर्नुपर्दछ ’ मन्त्री गिरीले भने । उनले प्रदेश नम्वर ५ मा तीनवटा महानगरपालिका वनाउनेतर्फ प्रदेश सरकार अगाडि वढेको समेत जानकारी दिएका थिए ।

चमेरे गुफाको गुरुयोजना निर्माण, दंगिशरण थारु संग्रहालको पुनर्निर्माण, वोटानिकल गार्डेन, थर्कोटमा भ्यु टावर जस्ता पर्यटकीय विकासका लागि प्रदेश सरकारले यस आर्थिक वर्षमा वजेटको व्यवस्था गरेको समेत मन्त्री गिरीले जानकारी गराएका थिए । विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने वताउँदै मन्त्री गिरीले समग्र ’ दाङको विकासका लागि पालिकाहरुका विचमा समन्वय हुनुपर्ने कुरामा जोड दिए । कार्यक्रममा नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिका ऐतिहासिक, धार्मिक, पर्यटकीय र साँस्कृतिक दृष्टिले महत्वपूर्ण रहेको जानकारी गराएका थिए । पर्यटकीय पुर्वाधार विकासका लागि प्रदेश सरकारको सहयोग आवश्यक रहेको वताउँदै नगर प्रमुख पाण्डेले तुलसीपुरलाई नमुना नगरका रुपमा विकास गर्ने मार्ग्चित्र कोरेको समेत जानकारी दिएका थिए । ‘सम्भावनाहरु धेरै छन्, त्यसलाई प्रदेश सरकारले न्यायपूर्ण ढँगले सम्बोधन गर्नुपर्दछ ’ पाण्डेले भने । उनले तुलसीपुरमा रहेका विभिन्न सम्पदाहरुको संरक्षणमा सबले ध्यान दिनुपर्ने आवश्यकता रहेको वताउँदै वनलाई उद्यमसँग जोड्नका लागि प्रदेशले कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने सुझाव दिए । त्यसैगरी कार्यक्रममा नेपाल सँस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष रमेश ढकालले विश्वविद्यालयलाई आधुनीकीकरण गर्नका लागि सबैले ध्यान दिनुपर्ने वताए । उनले सम्पूर्ण पूर्वाधार भएर पनि विश्वविद्यालयले आशातित काम गर्ने नसकेको स्विकार्दै प्रदेश सरकारले विश्वविद्यालयका बारेमा नयाँ ढँगले सोच्नुपर्ने आवश्यकता रहेको कुरामा जोड दिए ।

प्रतिक्रिया दिनुहोस