दाङमा छुटाछुटै दुर्घटनमा परि २ जनाको मृत्यु

सुचनापत्र | भदौ ०५, २०७५ | २१३ पटक हेरिएको

दाङ, बस दुर्घटना हुँदा दाङमा १ जनाको मृत्यु भएको छ । तुलसीपुर १४ खौसापुर देखी घोराही तर्फ आउदै गरेको रा १ ख ८१७ नम्बरको बस खौसापुरदेखी करिब तीन समय मिटर अगाडी पनेर्नि खोलामा पल्टिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसमा सवार भारत शिवहरीका बस्ने अन्दाजी ३० बर्षका हरिकिशोर गुप्ताको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बसले च्यापीदा उनको घटनास्थलमै मृत्यु भएको हो । बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले बताएको छ । बस बटोबाट केही मिटर तल खसेको छ । दुर्घटना मंलवार दिउसो सवा २ बजे तिर भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । त्यस्तै तुलसीपुरमा दुई ट्याक्सी एक आपसमा ठोक्किदा एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ रक्षाचौरबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ज २१० नम्बरको ट्याक्सी र विपरित दिशाबाट जाँदै गरेको लु १ ज १२३२ नम्बरको ट्याक्सी एक आपसमा ठोक्किदा शान्तिनगर गाउँपालिका ३ निवासी ३२ बर्षीया राधिका कडेंलको मृत्यु भएको प्रहरीले बताएको छ । राप्ती अञ्चल अस्पतालमा उपचार पछि थप उपचारका लागि कोहलपुर लगिएको अबस्थाको उनको मृत्यु भएको हो । त्यस्तै दुर्घटना हुँदा २३ जना घाईते भएका छन् । ति मध्य तुलसीपुर १८ निवासी बिमल वली र तुलसीपुर ११ जसपुर निवासि मीना बुढाथोकिको नेपालगञ्जमा उपचार भईरहेको छ । भने अन्य घाईतेहरुको अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस