दाङका कृषकहरुलाई सिमकार्ड (भिडियो)

माघ ०३, २०७३

दाङः जिल्लाका किसानहरुलाई किसान सिमकार्ड वितरण गर्ने तयारी भएको छ । कृषिसम्बन्धी सुचनाहरु मोबाइलमार्फत जानरकारी दिने उद्धेश्यले दाङका व्यावसायिक  किसानहरुलाई  सिमकार्ड वितरण गरिन लागिएको हो ।

जिल्लामा सञ्चालन भएको जलवायु समुत्थान निमार्ण आयोजना अन्तरगत किसान सिम कार्ड वितरण गर्न लागिको आयोजनाका डा अन्नत कोइरालाले जानकारी दिए ।

यो आयोजना नेपालका २५ जिल्लामा सञ्चालन गरिने तयारी भएको भन्दै उनले हाल ११ जिल्लामा सञ्चालन भएको वताए ।

२५ जिल्लाका किसानका लागि ५५ हजार किसान सिम कार्ड नेपाल टेलिकमको सहकार्यमा निशुल्क रुपमा वितरण गरिने छ । यसले किसानहरुलाई आफनो व्यवसाय सुरक्षित गर्ने वातवरण निमार्ण हुने जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ ।

जलवायु समुत्थान निर्माण आयोजना यसै वर्षदेखि जिल्लामा सुरु भएको र यसले किसानको बाली सुरक्षामा ध्यान दिई उत्पादन बढाउने लक्ष लिइएको कार्यालयले जनाएको छ ।

कृषि विकास मन्त्रालयको सहयोगमा सञ्चालन भएको परियोजनाको एक कार्यक्रमको आयोजना गरी जानकारी गराइएको छ ।

किसानहरुलाई खेती प्रणालीमा सजग र सवल बनाउने उद्धेश्यले आयोजना सञ्चालन भएको जिल्ला कृषि विकास कार्यालय दाङका प्रमुख दिपक कुमार शर्माले जानकारी दिए ।
उनले यो आयोजनाले किसानहरुलाई सजक वनाउने समेत वताए । कृषि र मौसमको अवस्थाबारेमा किसानहरुले साप्ताहिक रुपमा सूचना पाउने र त्यही अनुसार किसानले आफू अनुकल कार्य सञ्चालन गर्ने भएकाले यसले किसानलाई सहयोग पुग्ने उनको भनाइ छ ।

यो कार्यक्रमले किसानहरुलाई पनि फाइदा पुग्ने देखिएको किसान प्रतिनिधि श्रीमण न्यौपानेले बताए ।

365 Views

प्रतिक्रिया दिनुहोस

अन्य भिडियो

“डेराबासी”को प्रथम म्यूजिक भिडियो सार्वजनिक

तिम्रो भागमा घर प¥यो हाम्रो भागमा डेरा यो जुनिलाई यस्तै भयो जिन्दगानी हेर…. नियतीको कोर्राले चुटेका लाखौँ डेराबासीको जीवन भोगाइको

साहित्यपत्र

रुकुममा श्रीमानले गरे श्रीमतीको हत्या

रुकुमको पुथाउत्तरगंगा गाउँपालिका ७ जाङमा नवनिर्वाचित वडा सदस्यको हत्या भएको छ । जाङका नवनिर्वाचित दलित महिला सदस्य २७ वर्षिया बयानसरी