ग्रामीण विकास अभियानले गर्‍यो भित्तेपात्रो विमोचन तथा सल्लाहकार मनाेनयन

| बैशाख ०३, २०७५ | ८४६ पटक हेरिएको

ग्रामीण विकास अभियान (RDM) ललितपुरले  नव वर्षको अवसरमा शुभकामना अादान प्रदान, भित्तेपात्रो विमोचन तथा संस्थाका कानुनी सल्लाहकार तथा अन्य सल्लाहकार एवं नव सदस्यलाई स्वागतका गर्दै मनाेनयन पत्र हस्तान्तरण गरेको छ।

मनाेनित हुने सल्लाहकारमा विष्णुराज कुसम, विमल सुवेदी, विश्वनाथ खड्का, एकराज अाचार्य र कानुनी सल्लाहकारमा किशोर दंगाल छन् भने सदस्यमा दर्शन अाचार्य, कुसुम गुरुङ्ग,  गाेपाल महताे, अप्सरा तिमल्सिना र सर्वधन भुजेल रहेका छन् ।

 

उपस्थित सबैलाई अभियानका अध्यक्ष एकराज भुजेलले मनाेनयन पत्र सहित सम्मान गरे साथै सस्थाले २०७५ सालकाे क्यालेन्डर समेत विमाेचन गरेकाे छ ।

सस्थाकाे क्यालेन्डर सल्लाहकार र अभियानका अध्यक्षले  सयूक्त रुपमा विमाेचन गरि वितरण गरिएको थियो ।  रेखरमण तिमल्सिनाको  स्वागत मन्तव्य वाट शुरु भएको उक्त कार्यक्रको  सहजिकरण सचिव मन्दिरा राईले थिइन । लेक्स जुरिष्ट ल फर्मकाे सभा कक्षमा भएको कार्यक्रममा  उच्च अदालत पाटनका इजलाश अधिकृत अमित उप्रेतीले नयावर्ष  शुभकामना दिनुका साथै संस्थाको प्रगतिको लागि आफ्नो सधै साथ रहने वताउनु भएको थियोे।

प्रतिक्रिया दिनुहोस