स्थानिय तह सम्म सचेतना कार्यक्रम गर्ने कार्ययोजना बनाउदै -मञ्च

| फागुन २३, २०७४ | ८७४ पटक हेरिएको
उपरोक्त सम्बन्धमा उपभोक्ता हित, स्वच्छ बजार र आधारभुत उपभोक्ता अधिकार एवं खाद्य स्वस्छता सुरक्षा सम्बन्धि विगत ८ वर्ष देखी देशव्यापी रुपमा विभिन्न जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चले उपभोक्ता शिक्षा र जनचेतनामुलक कार्यहरुमा आफ्ना गतिविधिहरु सकृयताका साथ गर्दै आएको छ ।
राज्यको पुनसंरचना अनुसार स्थानिय निकायलाई सकृय र उपभोक्ता मैत्री वनाई स्थानिय निकायलाई प्रदत्त अधिकार कार्यन्वयन गराई सर्बसाधारण उपभोक्ता ,महिला समुह, व्यापारी सस्था, सरकारी-गैह्र सरकारी संस्था, शिक्षक, विद्यार्थी, स्थानिय जन–प्रतिनिधिहरुलाई आधारभुत उपभोक्ता अधिकार एवं उपभोक्ता जागरण र स्थानयि वजार व्यवस्थापनमा स्थानियतहको भुमिका बारे जानकारी गराउनुका सथै सो सम्वन्धि सचेतना गराउने उद्देश्यले काठमाडौं जिल्लाका विभन्न स्थानमा उपभोक्ता हित सम्वन्धी जनचेतना मुलक कार्यक्रम गरीरहेको मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताय ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चले आफ्नै तथा विभिन्न सरोकारवाला निकायहरु संग सहकाय गरी उपभोक्ताहरुलाई आफ्ना हक र अधिकार वारे सचेत गराउने कार्य गरीरहेको छ । अवका हाम्रा कार्यक्रमहरु ग्रामिण बस्ती केन्द्रीत हुन्छन। हामी आफ्ना कार्यक्रमहरुलाई उपत्यका भन्दा वाहीरी ग्रामिन जिल्लासम्म विस्तार गर्ने कार्ययोजना बनउदैछौ मञ्चका सदस्य दर्शन आचार्यले वताय ।

 

प्रतिक्रिया दिनुहोस