‘संस्कार बिनाको शिक्षाले आचरणमा समस्या’

सुचनापत्र | फागुन ०५, २०७४ | १८७८ पटक हेरिएको

 ‘संस्कार बिनाको शिक्षाले आचरणमा समस्या’ लामो समय सम्म सामुदायिक शिक्षाको नेतृत्व गरेका शिक्षा प्रेमी पुरुषोतम अर्याल अहिले जिवनमा संस्कार युक्त शिक्षा प्रदान गर्ने अभियानमा लागेका छन । शिक्षा भ्रमण र लेखनीलाई संगै लिएका अर्याल संग सुचनापत्र डटकमले गरेको कुराकानीको सारसंक्षेप । सम्पादक

तपाई एउटा कुशल शिक्षक रिटार्यट  जिवनमा के गर्दै हुनु हुन्छ ? 

  म शिक्षक पेशामा संलग्न हुनुको कारण समाज सेवा गर्नु थियो । मेरो जिवनको सक्रिय समय करिब बत्तिस वर्ष प्रधानाध्यापकको जिम्मेवारी समालेर पठन पाठनको माध्यमवाट कयौँ विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आए । त्यसपछि रिटार्यट जिवनमा पनि समाज सेवा गर्ने मेरो चाहना अनुसार वालवालिकालाई शिक्षा प्रदान गर्न विद्यालयको व्यवस्थापन पक्षमा काम गर्दै आएको छु । विभिन्न संघ संस्थामा विभिन्न पदमा रही आफ्नो समय र क्षमता खर्च गरिरहेको छु ।

  समाज सेवालाई कसरी बढाउनु भएको छ ? 

   नेपाल विकासोन्मुख देश हो यहाँ अभाव अशिक्षा गरिवि जस्ता समस्याले मुलुक आक्रान्त छ । यसमा पनि ग्रामिण क्षेत्रका जनताको लागि यस्ता समस्याहरुले जीवनलाई थप जटिल बनाएको छ । जनतालाई सचेत वनाउन सकियो भने हामी सामु भएका समस्याहरु केहि हदमा हल गर्न सकिन्छ । यस उद्देश्यलाई ध्यान दिदै शिक्षा स्वास्थ्य क्षेत्रमा चेतना जगाउने र सेवा गर्ने कार्यमा संलग्न भएको छु । गोरखा जिल्लामा सञ्चालित क्याम्पसहरुको व्यवस्थापन पक्षमा सहयोग पु¥याउदै आएको छु । भने सेवा नै धर्म हो भन्ने मुल मान्यता अंगीकार गर्दै आएका अन्तराष्ट्रिय संस्था (लायन्स क्लव अफ गोरखा) मा विगत २७ वर्ष देखि विभिन्न पदमा वसेर कार्य गरेको र गर्दै आएको छु । यस मध्ये आँखा उपचारको निमित्त उपचार केन्द्र देखि आँखा अस्पताल सम्मको काम गर्नको लागि धेरै प्रयासहरुमा प्रत्यक्षनै संलग्न छु । आँखा नदेख्नेलाई उपचार गरेर आँखा झलमल्ल देखाउनु वाल वालवालिकालाई शिक्षा प्रदान गरेर भविष्यको कर्णाधार तयार गर्नु विभिन्न ओहोझामा रही उत्कृष्ट कार्य गरेको आफ्ना विद्यार्थीहरुलाई देख्दा र सुन्दा धेरै आनन्द र सन्तुष्टि प्राप्त गरिरहेको छु । यस्तै कार्य मार्फत समाज सेवा गर्दै आएको छु ।

 वैदिक शिक्षा भनेको के हो ? 

 विभिन्न समय र युगमा फरक फरक प्रणाली अनुसार शिक्षा प्रदान गर्दै आएको छ । वैदिक समयमा शिक्षा लिने र दिने तरिकानै वैदिक शिक्षा नै हो । पछिल्लो समयमा विज्ञानको चमत्कार र आविष्कारले देखा परेको परेपनि विद्यार्थीको अनुशासन, नैतिकता र गुरु प्रति मर्यादामा ह्रास आइरहेको छ । मुल्य मान्यताको व्यवहारिक कार्यान्वयन र सिकाई सहित शिक्षा त्यस समयमा प्राप्त गर्न सकिने थियो ।

यसले के गर्छ ?

 समाजमा हरेक नागरिकलाई सही वाटोमा हिडाउन यसले मद्धत गर्दछ । शिक्षाको विभिन्न पक्ष मध्य महत्वपुर्ण पक्ष भनेको व्यवहारमा परिवर्तन हो । विभिन्न विधामा  शिक्षा प्रदान गर्ने साथै असल व्यवहार सिकाई व्यवहारमा परिवर्तन गराउन सफल हुन्छ ।

कति कठिन छ यो शिक्षालाई संस्थागत गर्न ? 

 हरेक व्यक्तिले नयाँ खालको परिवर्तन चाहन्छ । परिवर्तनको आडमा आफुलाई उत्श्रृंखल र  छाडा व्यवहार अपनाएको पनि वर्तमान समयमा अनुभव गर्न सकिन्छ । यसैले आफ्नो असल मान्यतालाई अपनाउने र आधुनिकताको नाममा हुने गरेका अनुशासन विहिन कार्यलाई सचेत गराउने कार्य सजिलो छैन । यदि १÷१ जना लाई सहि मार्गमा हिडाउन सकियो भने सिंगो समाज मर्यादित हुन्छ र यसले गर्दा देश विकास गर्न कठिन पनि छैन । त्यसैले मानिसको धारणा परिवर्तन गर्ने काम सजिलो छैन तर पनि निरन्तर प्रयास गर्ने हो भने असम्भव भने पक्कै हुदैन । कठिनाइको वावजुद संस्थागत गर्न प्रयास र प्रयत्न जरुरी छ ।

तपाईले पढेको र पढाएको शिक्षा र अहिले लगानी गरिरहेको शिक्षामा के फरक पाउनु भएको छ ? 

 विगतमा मैले पढाएको र पढेको शिक्षाका असल पक्षका धेरै विषयहरु गुमाउदै आएका छौँ । तत्कालीन समयमा विद्यार्थीले धेरै अभाव र समस्या विच शिक्षा आर्जन गर्नुपर्ने थियो । जसले गर्दा मेहनत गर्ने वानीको विकास पनि भएको थियो । वर्तमान अवस्थामा शिक्षा आर्जन गर्न र शिक्षा प्रदान गर्नेहरुलाई पनि धेरै सुविधा र सौलिएत प्राप्त भएको छ । विद्यार्थीहरुमा सृजनात्मक क्षमताको विकास होइन घोकन्ते र रटाइवाट शिक्षा दिने कार्य भइरहेको छ । अव उत्पादित जनशक्तिहरुमा स्वालम्वीपनको विकास भएको छैन । यस अतिरिक्त सामाजिक मर्यादा आत्मियता जस्ता असल गुणहरु घट्दै जाने र व्यक्तिमा स्वार्थी भावना अपनाउने हो कि भन्ने लक्षण देखा परेको छ ।

आफनो जीवनलाई धेरै ठाउँमा लगानी गर्नु भएको छ । सबै भन्दा वढि सन्तुष्ट भएकोे क्षेत्र कुन हो ? 

 मेरो सम्पुर्ण जीवन विद्यालयलाई आवश्यक शैक्षिक भौतिक अवस्थाको सुधारको लागि खर्च गरेको छु । एउटा ग्रामीण वस्तीमा विद्यालय स्थापना गर्न न त विद्यालय भवन निर्माण गर्न सजिलो छ न शिक्षकहरु उपलब्ध गर्नसजिलो छ । यस्तो विषम परिस्थितिमा विद्यालयलाई आवश्यक भौतिक, शिक्षक व्यवस्था गरी वालवालिकालाई शिक्षा प्रदान गरी विपन्न परिवारका लागि शिक्षा प्रदान गरी त्यस्ता विद्यार्थीहरुले राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा काम गरेर उनिहरुले नाम कमाएको देख्दा अतिनै सन्तुष्टि हुदोँ रहेछ हुनत अन्य क्षेत्रमा पनि सेवा गर्दा पनि कम सन्तुष्टि हुँदैन ।

संस्कार सिकाउनु गाह्रो छ भन्छन । यहाँ आफै त्यस्तो खाले विद्यालय खोलेर बस्नु भएको छ । कति गाह्रो छ ? 

 वर्तमान अवस्थाको जटिल समस्या भनेको नै व्यक्तिहरु संस्कार विहिन हुनु हो । जसमा असल संस्कार छैन त्यो व्यक्ति आफ्नो कार्य क्षेत्रमा सफल हुँदैन हाम्रा पुर्विय दर्शनमा आधारित जीवनशैली विश्वमानै उत्कृष्ट जीवन शैली हो । पश्चििमी मुलुकले पनि यस तथ्यलाई स्वीकार गर्दै आएको पाइन्छ । संस्कार सहितको शिक्षाको महत्व हाम्रो समाजले पनि महशुस गर्दै आएको अनुभव गरेको छु । सुरुमा वुझाउन गाह्रो हुन्छ तर व्यवहारिक प्रयोग गरेर देखाए पछि यसले अवश्य सफलता प्राप्त गर्दछ भन्नेमा म विश्वस्त छु ।

यसमा विद्यार्थी, अभिभावको कस्तो आकर्षण छ ?

 सवै विद्यार्थी अभिभावकहरुले यस प्रकारको शिक्षाको महत्व वुझिसकेको छैन आधुनिक शिक्षाको नाममा हुने गरेको विदेशि भाषा र संस्कृति प्रति जनमानसको आकर्षण छ । तर महत्वपूर्ण ज्ञानको मुहान पुर्विय दर्शन र संस्कृत भाषा नै हो । भन्ने तथ्य वुझाउन जरुरत छ । तव मात्र यस प्रति आकर्षण वढ्दछ ।

यहाँ त लेखक पनि हो ? लेखनीलाई कसरी समय मिलाउनु भएको छ ? 

 मेरो दैनिकी मध्ये धेरै समय पुस्तकहरु पढ्ने लेख्ने कार्यमा समय खर्च गरेको छु । घरायसी कार्य सामाजिक संघ संस्थाको वैठक सभामा दिनुपर्ने समय वाहेक वचत समय अध्यायनमानै खर्च गर्दछु । आफुले जाने सिकेको विषय समाजमा पस्किन सकियो भने सिंगो समाजले केहि लाभ पाउन सक्छ कि भनेर लेखन कार्यलाई अघि बढाएको छु ।

 तपाईको अवको लक्ष के हो ? 

 मेरो जीवनमा ३८ वर्ष शिक्षण कार्यमा खर्च गरे यस विचमा देश विदेशका थुप्रै संस्थाहरुमा पनि कार्य गरे विदेशमा पुगेर औपचारिक शिक्षा हाँसिल गर्ने मौका पनि पाँए । विगतमा मैले जाने सुनेको अनुभववाट पाठ सिकेर आफ्नो समाजलाई सहि वाटोमा अघि बढाउन थोरै भए पनि टेवा पु¥याउन सक्छु कि भनेर विभिन्न कार्यक्रमहरुमा कार्य गरिरहेको छु ।

 अन्त्यमा केहि ? 

 नेपाल भौतिक अवस्थामा कमजोर भएपनि यस पवित्र भूमिमा ऋषी मुनिहरुले छोडेर गएका जीवन उपयोगी ज्ञानका भण्डार विशाल छ । यसको अध्ययन अनुसन्धान प्रचार गर्न सकियो भने विश्वका धेरै विकसित मुलुकलाई धेरै विषयमा ज्ञान दिन सक्छ । मानसिक रुपमा विकसित भन्ने मुलुकका नागरिक सन्तुष्टि, खुसि छैनन । यस्ता कुरा त्यस मुलुकमा देख्न सकिन्छ र देखेको पनि छु । यसैले संस्कार सहितको शिक्षा, पुर्विय दर्शनलाई प्रचार प्रसार गर्न सकियो भने हाम्रो देशलाई उत्कृष्ट स्थानमा पु¥याउन सकिन्छ । वैदिक समयका ग्रन्थ अध्यायन गर्ने र मौलिक संस्कृतिलाई अवलम्वन ग¥यौँ भने हामी संसारकै खुसी भएका नागरिक वन्न सक्छौँ । आखिर मानिसले जे जती काम गर्दछ सुखैको लागिनै हो ।

प्रतिक्रिया दिनुहोस