जीवन ज्योति विद्याश्रमको वार्षिकोत्सव (फोटो फिचर)

सूचनापत्र | फागुन ०४, २०७४ | २४१ पटक हेरिएको

तुलसीपुर ।
जीवन ज्योति इङलिस मिडियम विद्याश्रम तुलसीपुर ८ दुधेनाले शुक्रवार आफनो १४ औ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले विशेष समारोहको आयोजना गरि वार्षिकोत्सव कार्यक्रम गरेको छ ।


विद्यालय वयवस्थापन समितिका अध्यक्ष शोभाकर सापकोटाको अध्यक्षतामा तथा एनप्याबसनका जिल्ला अध्यक्ष भीम बहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा र तुलसीपुर उपमहानगरपालिका ८का वडा अध्यक्ष बेदु केसी र एनप्यनब्सनका केन्द्रीय सदस्य गुणकर ढकालको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाथोकीले शिक्षाको विकासमा निजी क्षेत्रको लगानी र गुणस्तर बढिरहेको भए पनि राज्यले हेयको दृष्ट कायम राखेको वताए । उनले राज्यले निजी विद्यालयमा विभिन समस्याहरु ल्याइरहेको भन्दै अवरोधको सिर्जना पनि गर्दै आएको बताए ।

कार्यक्रममा वडा अध्यक्ष केसीले स्थानीय तहको तर्फबाट गर्नु पर्ने सहयोग र भूमिका आफुले गर्ने वताए । उनले वजार क्षेत्र देखि केहि टाढा रहेका विद्यालयले गुणस्तर युक्त शिक्षा दिइ रहेका भन्दै अभिभावको मन चितेको आफुले पाएको वताए ।


कार्यक्रममा विद्यालयको वारेमा र आगामी रणनीतिको वारेमा जानकराी गराउँदै विद्यालयका प्रिन्सीपल केपि न्यौपानेले विद्यालयमा रहेका दक्षजनशक्तिले गुणस्तरिय शिक्षा प्रदान गरिहरको भनदै आगामि दिन हरुमा अझ बढाइने तयारी गरेको वताए ।

उनले अभिभावको इच्छा अनुसार विद्यार्थीहरुको मनोभाव बुझेर शिक्षण क्रियाकलापहरु सञ्चालन हुने वताए । कार्यक्रममा एनप्यासनका सचिव ठाकुर डागी, विद्यालयका संस्थापक जित बहादुर खडका,अभिभावक बुद्धि सापकोटा, विद्यँर्थी नेता किरण केसी लगायतकाले वोलेका थिए । कार्यक्रमको सञ्चालन छविकुमार वली र मेघराज पोख्रेलले गरेका थिए ।

कार्यक्रममा विभिनन सास्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस