महोत्सव आर्थिक विकासको मेरुदण्ड ः उपराष्ट्रपति पुन

सूचनापत्र | फागुन ०३, २०७४ | ३९८ पटक हेरिएको

घोराही ।
दाङमा प्रदेश स्तरीय महोत्सव सुरु भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा विशीवार देखि दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवम प्रदेश स्तरीय औद्यौगिक कृषि प्रर्दशनी २०७४को सुरु भएको हो ।
महोत्सवको विहीवार नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन । स्थानीय उत्पादनको वजारी करण गर्ने र प्रदेशको आर्थिक अवस्थालाई सुधार गर्ने उदेश्यले महोत्सवको सञ्चालन गरिएको आयोजकले वताएको छ । फागुन १३ गते सम्म सञ्चालन हुने महोत्सवमा स्थानीय उत्पादनहरुलाई प्राथामिकतामा राखिएको छ । उद्योग व्यापार, कृषि एवं पर्यटनकोे विकास परनिर्भरमुखी अर्थतन्त्रको निकास भन्ने नाराका साथ महोत्सवको आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक नारायण भुसालले जानकारी दिए । महोत्सवमा करिव ५ लाखले अवलोकन गर्ने तथा २० करोडको कारोवार हुने अनुमान गरिएको छ । महोत्सवका अवसरमा दाङ जिल्लाको आर्थिक विकाससंग सम्वन्धित अन्तक्र्रिया, यस क्षेत्रको पर्यटकीय स्थलहको अवलोकन गर्न प्याकेजको व्यवस्था, हेलीकप्टर वाट यस क्षेत्रको पर्यटकीय एवं धार्मीक स्थलहरुको अवलोकन, योग शिविर तथा धार्मीक प्रवचन नेपालको सवै भन्दा होची महीला इश्वरीमाया छिनालसंग प्रत्यक्ष भेट, स्थानीय स्तरमा उत्पादित वस्तुहरुको प्रर्दशनी, थारु मगर, नेवार मुस्लीम , यादव जातीको खानाको परिकार,जातीय पहिचान झल्काउने सास्कृतिक गतिविधिहरु सञ्चालन गरिने छ ।
महोत्सवको उदघाटन गर्दै उप राष्ट्रपति नन्दवहादुर पुनले स्थानीय उत्पादनलाई वजारीकरण गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए । स्थानीय उत्पादनलाई बजारीकरण गर्न सके आर्थिक विकासमा टेवा पुग्ने भन्दै महोत्सवले यसका लागि भूमिका खेल्ने वताए ।‘स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरुलाई महोत्सवको माध्यमवाट स्वदेश तथा विदेश सम्म पु¥याउन सकिने छ’ उप राष्ट्रपति पुनले भने, स्थानीय उत्पादनलाई विदेश सम्म पु¥याएर देशको आर्थिक स्थिति सुधार गर्न सकिन्छ । जुन देशले निकासी वढी गर्न सक्यो त्यही देश आर्थिक रुपमा अगाडि वढन सक्ने उनले तर्क गरे । नेपालले निकासी भन्दा आयात धेरै गर्नु पर्ने अवस्था रहेको भन्दै उपराष्ट्रपति पुनले त्यो राक्न सकनु पर्ने र निकासी बढाउनु पर्ने वताए ।उनले आयात बढि हुदा नै नेपालले अहिले व्यापार घाटा व्यहोरी रहेको बताए । व्यापार घाटा कम गर्ने नेपालले आफनो उत्पादन गरेर निकासी गर्न सक्नु पर्ने बताए ।
देशको समृद्धिका लागि सवैले हातेमालो गरेर अगाडि वढनु पर्ने उनको भनाई छ । ‘देशको समृद्धिकोलागि सबै क्षेत्रले हातेमालो गर्नु पर्ने आवस्यक रहेको छ’ पुनले भने । देशको समृद्धिकालागि सरकार, निजी क्षेत्र, नागरिकको सहकार्य हुनु पर्ने वताए । नेपालको समृद्धिकोलागि जल विद्युत, पर्यटन, कृषि क्षेत्रलाई केन्द्रमा राखेर जान सकनु पर्ने वताए । यी क्षेत्रनै देशको समृद्धिको आधार रहेको वताए । दाङले देशको समृद्धिमा महत्वपुर्ण भुमिका खेलेको भन्दै अझै अगाडि वढाउन उनले आग्रह गरे ।‘दाङसंग प्रस्त सम्भावना छन् त्यसलाई सदुपयोग गरेर आर्थिक समृद्धिमा लगाउनु पर्छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा दाङ क्षेत्र नम्वर २ का प्रतिनिधि सभाका सदस्य कृष्णवहादुर महराले दाङ प्रादेशिक राजधानी वन्ने संभावना अझै नसकिएको बताए । प्रदेशको केन्द्रविन्दु दाङ वनाउने आफुहरुको प्रयास जारी रहेको समेत बताए । ‘दाङ प्रदेशको केन्द्र विन्दु तथा सुरक्षा, वातावरणको हिसावले समेत उपयुक्त रहेको छ ’ नेता महराले भने । केन्द्र विन्दु वनाउनका लागि प्रदेशका प्रमुख मन्त्रि, प्रदेश सदस्यहरु, तथा राजनितीक दलहरुसंग छलफल भइराखेको उनले बताए । उनले बिहीवार देखि संक्रमण कालको अत्य भएको वताए । नयाँ सरकार गठन संगै सक्रमण कालको अन्त्य भएको महराको तर्क थियो ।
फोटो ः महोत्सव उद्घाटन गर्दै उपराष्ट्रपति पुन ।

प्रतिक्रिया दिनुहोस