सरकारी भवनमा स्थानीय युवाको रजाई,ब्यवसायीसंग २ लाख रुपैयाँ सम्म असुल्दै

सूचनापत्र | फागुन ०२, २०७४ | १०२४ पटक हेरिएको

तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालिकाले निर्माण गरेको ब्यवसायीक भवनमा स्थानीय युवाहरुले कोठा भाडामा दिने भन्दै ब्यवसायीहरुबाट रकम असुल गर्न थालेका छन । तुलसीपुर उपमहानगरपालिकाले वार्ड नं ५मा रहेको नयाँ बसपार्क आलुमण्डी क्षेत्रमा निर्माण गरेको ब्यवसायीक भवनमा यस्तो चलखेल भएको हो । नगरले भाडाको लागि टेन्डर खोलेर प्रक्रिया सुरु गरिरहेकै बेला स्थानीय एक युवा क्लवको नेतृत्व गरिरहेका युवाहरुले भवनका कोठाहरु आफु अनुकुल ठेक्कामा दिन थालेका हुन ।


उनीहरुले कोठा आफुहरुल सञ्चालन गर्ने भन्दै ठूलो रकम असुल गरेर व्यवसायीहरुलाई दिन थालेको स्थानीयहरुले बताएका छन । स्थानीय ब्यवसायीहरुले कोठा भाडाका लागि आफुहरुले युवाहरुलाई ५० हजार देखि २ लाख सम्म रकम दिएको स्वीकार गरेका छन । मैले ब्यवसायकालागि कोठा लिनलाई ५० हजार अग्रीम भुक्तानी गरेको छु एक ब्यवसायीले भने तर नगरको रसिद पाएको छैन । स्थानीय युवाले नगरपालिकालाई दिनुपर्छ भन्दै पैसा लिएका छन । प्रमाण केहि दिएका छैनन् । उनले धेरै ब्यवसायीहरुबाट त्यस्तो रकम असुल गर्न थालेको वताए । स्थानीयहरुले नगरपालिकाका कर्मचारी वा जनप्रतिनिधिहरु संगको साठगाठ ले ब्यवसायीहरुलाई ठग्ने प्रयाु भएको आरोप लगाएका छन । उनीहरुले नगर भित्रकै मिले मतोमा स्थानीय युवाहरुले २० कोठे भवनलाई २२ कोठामा पु¥याएर र त्यो निर्माण हुदा उपमहानगरले समेत बेवास्था गरेको उनीहरुको भनाई छ ।
२ कोठा क्लवको नाममा राख्ने योजना समेत बुनिरहेको उनीहरुको भनाईछ । स्थानीयहरुले यो कार्यक्रमा मिलेमतो गर्ने लाई तत्काल बारवाही गर्न माग समेत गरेका छन । यहाँ ठुलै चलखेल भएको छ स्थानीय ब्यवसायी भुपेन्द्र क्षेत्रीले भने नगरपालिका भित्र र बाहिरी समन्य यसमा देखिन्छ । । उनले यसको छानविन गरि दोशीलाई कारवाही हुनु पर्ने माग समेत गरे । स्थानीयहरुले उपमहानगर पालिकाले यसको छानवीन गर्नु पर्ने र नगरेमा अख्तियार गुहार्ने चेतावनी समेत दिएका छन ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र बहादुर केसीले नगरले टेन्डर गरेको स्वीकृत नभएको भन्दै नगरपालिकाको रसिद बेगर कहि कसैलाई पैसा नदिन आग्रह गरेका छन । उनले स्थानीय केहि युवाहरुले रकम असुल्ने देखि कोठा ओकट्ने सम्मको कार्य गरेको आफुले पनि सुनेको भन्दै त्यस्तो गैरकानुनी कार्य गर्नेलाई कारबाही हुने बताए । भवनको ब्यस्थापनको लागि कार्यपालिकाले नयाँ समिति बनाएर काम गर्न लागेको र त्यसको कार्यविधि समेत पास गरेर काम सुरु गरेको केसीेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस