वर्ष उत्कृष्ट विद्यार्थी छान्दै एन प्याव्सन

सूचनापत्र | माघ २७, २०७४ | २९४ पटक हेरिएको

दाङ ।
राष्ट्रिय निजी तथा आवासीय बिद्यालय एसोसियशन नेपाल (एन प्याव्सन) दाङले एन प्याब्सन बर्ष उत्कृष्ट बिद्यार्थी छनोट गर्न थालेको छ । जस अनतरगत अन्र्तगत शनिवार परिक्षा लिइएको छ । बर्षको उत्कृष्ट छात्र, छात्रा छनौट गर्ने उदेश्यले परिक्षा लिईएको हो ।

एन प्याव्सन दाङको आयोजना , एभरेष्ट एकाडेमि तुलसीपुर र क्यापिटल प्रेस नेपालगञ्जको प्रायोजनमा अब देखि एन प्याव्सनले एन प्याव्सन अन्र्तगतका बिद्यालयहरुका बिचमा प्रत्येक बर्ष प्रतिस्पर्धा गराउने भएको छ । ती बिद्यार्थीहरु मध्य उत्कृष्ठ हुने एक जना छात्र र एक जना छात्रालाई एन प्याव्सन बर्ष उत्कृष्ठ बिद्यार्थी छनौट गरिने छ । उत्कृष्ठ बिद्यार्थीलाई पाँच÷पाँच हजार पुरस्कार , प्रमाणपत्र र बिद्यालयलाई शिल्डको समेत व्यबस्था गरिएको छ । भोलि आईतबार नतिजा सार्वजनिक गरिने र फागुन ५ गते हुने एन प्याव्सनको ९ औ साधारण सभामा पुरस्कार एव सम्मान गर्ने कार्यक्रम रहेको छ । यसैबीच शनिबार एक कार्यक्रमका बीच कार्यक्रमको शुरुवात गरिएको छ । अध्यक्ष भिम बहादुर बुढाथोकीको अध्यक्षता तथा एन प्यावसनका केन्द्रीय सदस्य प्रेम बहादुर नेपालीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अबशरमा प्रमुख अतिथि नेपालीले बिद्यार्थीहरुको चौतर्फी विकासका लागि उक्त कर्यक्रमले महत्वपुर्ण भुमिका राख्ने वताएका थिए ।्
यस्तै अतिरिक्त कार्यक्रमले गर्दा नै निजि बिद्यालयको शिक्षा गुणस्तरीय भएको भन्दै उनले अब राज्यले पनि निजि बिद्यालयलाई हेर्ने दृष्टिकोण परिबर्तन हुनुपर्ने वताए । अहिले राज्यले निजि बिद्यालयलाई बिभिन्न बाहानामा दुःख दिने गरेको भन्दै शिक्षा क्षेत्रलाई माथि उठाउन बिशेष भुमिका निर्बाह गरेका निजि बिद्यालयलाई समान रुपमा लैजानु पर्ने वताए । कार्यक्रममा बिशिष्ट अतिथि एभरेष्ट एकाडेमीका नारायण भट्टराईले एन प्याव्सनले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने वताएका थिए ।
एन प्यावसनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक भोजराज न्यौपानेले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष बिमल गौतमले धन्यवाद ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिब ठाकुर डाँगीले गरेका थिए । कार्यक्रमलाई तुलसीपुरको एभरेष्ठ एकाडेमी र क्यापिटल प्रेस प्रालि काठमडौले प्रायोजन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस