प्रदेश नम्बर ७ मा थापा सभामुख

सूचनापत्र | माघ २७, २०७४ | ३४७ पटक हेरिएको

धनगढी ।प्रदेश नम्बर ७ मा एमाले बझाङका प्रदेश सभा सदस्य अर्जुन थापा  सभामुख हुने भएका छन्।

शनिवार एमालेका अर्जुन थापा एक जनाको मात्र सभामुखका लागी मनोनयन दर्ता भएको प्रदेश ७ का प्रदेश सभा सचिवालयका मुरारी महतले बताए। ‘दिउँसो २ बजेदेखि ५ बजेसम्म मनोनयन दर्ता गर्ने तालिका तोकिएकोमा थापाको मात्र मनोनयन दर्ता भएको छ’उनले भने। निर्वाचन कार्यतालिका अनुसार आइतबासम्म दावी बिरोध गर्न पाइने भएको छ। एकमात्र मनोनयन दर्ता भएकोले माघ २९ गते सोमवार बस्ने प्रदेश सभा बैठकमा यो प्रस्ताव प्रस्तुत गरी अर्जुन थापा निर्विरोध निर्वाचित भएको घोषणा गरिने उनले बताए। शनिवार प्रदेश सभा सचिवालयमा थापाले मनोनयन दर्ता गराएका हुन। एमालेका दिर्घ सोडारीको प्रस्ताव र माओवादी केन्द्रका त्रिलोचन भट्टको समर्थनमा थापाले मनोनयन दर्ता गराएका थिए।

प्रतिक्रिया दिनुहोस