गोरखा मावि सातौ वर्षमा (फोटो फिचर सहित)

सूचनापत्र | माघ २५, २०७४ | ७३५ पटक हेरिएको

तुलसीपुर ।


गोरखा ग्रुपले दाङको तुलसीपुरमा सञ्चालन गरेको गोरखा माध्यमिक विद्यालय तुलसीपुरले आफनो सातौ वार्षिकोत्सव मनाएको छ । शिक्ष , स्वास्थ्यमा लगानी गरेको ग्रुपले शिक्षा क्षेत्रमा निजी लगानी बढाएर स्थापित र गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको छ ।

गोरखा माविले विद्यालय प्राङगणमा भब्य समारोहको आयोजना गरि सातौ वार्षिकोत्सव मनाएको हो ।


गोरखा गु्रपका अध्यक्ष मान बहादुर बुढाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको समारोहमा वोल्ने वक्ताहरुले विद्यालयले गुणस्तरिय शिक्षा प्रदान गरेको भन्दै यसलाई निरन्तर स्थापित गराउनु पर्ने बताएका थिए । उनीहरुले शिक्षालाई प्रविधिमैत्री गराउनु पर्ने सुझाव समेत दिए । विद्यालयका निमित्त कार्यकारी अधिृकत दुर्गा बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कार्यकारी निर्देशक नोवल जिएरले गु्रपको बारेमा जानकारी गराएका थिए ।


गोरखा मावि तुलसीपुरलाई अब प्रविधि मैत्री बनाउने तयारी भएको र यसै शैक्षिक सत्र देखि आधुनिक प्रविधि विद्यालयमा भित्राइने विद्यालयका प्राचार्य विजयमान जिएमले जानकारी दिए । उनले अव इलाइब्रेरीबाट प्रविधि विद्यालयमा प्रबेश गराइने वताए । कार्यक्रममा १९ वाहिनीपति रघुराम थापा, संघीय प्रहरी इकाई प्रमुख दिलिप चौधरी, नागरिक समाजका संयोजक टिकाराम रेग्मी, नेपाल संस्कृत विश्वविद्यालयका परीक्षा नियन्त्रक नील प्रसाद सापकोटा, प्याब्सनका जिल्ला उपाध्यक्ष मधुसुदन केसी, तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल, विद्यालयका सल्लाहका प्रमोद न्यौपाने लगायतकाले शुभकामना दिएका थिए ।

कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो भने विज्ञान प्रदर्शनी समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस