गोरखामा खेलकुद उत्सव

सूचनापत्र | माघ २३, २०७४ | ३७७ पटक हेरिएको

तुलसीपुर ।
जिल्लाको शैक्षिक विकासमा निजी क्षेत्रबाट भूमिका खेलेको गोरखा ग्रुपले सञ्चालन गरेको गोरखा मावि तुलसीपुरमा स्थापना दिवसको अवसरमा खेलकुद उत्सव गरिएको छ । तीन दिन सम्म गरिएको खेलकुद उत्सवको मंगलवार एक समारोहका विच समापन गरिएको छ । तुलसीपुर ६ बरुवागाउँमा रहेको गोर्खा सेकेन्डरी स्कुलले ७ औ बार्षिक उत्सवको अवरमा विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापलाई बढाउने उदेश्यले २ज्ञ गते देखि २३ गते सम्म खेलकुद उत्सवको आयोजना गरेको विद्यालयका प्राचार्य विजय जिएमले जानकराी दिए । खेलकुद उतसवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता गरिएको छ । वार्षिक उत्सवको अवसरमा यस बर्ष पनि बिभिन्न प्रतियोगीतात्मक कार्यक्रम गरेकोर त्यो अनरत खेलकुलपनि एक भएको बिद्यालयका निमित्त कार्यकारी अधिकृत दुर्गा केसीले बताए ।


मंगलबार एक कर्याक्रमकाबीच बिजेता बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो । निमित्त कार्यकारी अधिकृत केसीका अनुसार छात्रछात्रा दौड, हाईजम्प, लम्जम्प, भलिबल, फुटबल , सटफुट, चार हजार मिटर म्याराथुन प्रतियोगिता भएका हुन् । बिद्यालयमा गठन भएका चार वटा हाउस मध्य अधिकांस प्रतियोगीतामा ग्रीन हाउस विजय भएको छ ।
बिगत ७ बर्ष देखी बिद्यालयले खेलकुद प्रतियोगिता गरिरहेको छ । बिद्यार्थीहरुको मानसिक संगै शारीरिक विकासमा मद्धत पु¥याउन प्रतियोगीताको आयोजना गरिएको बिद्यालयका प्राचार्य जिएमले वताए । खेल पनि राष्ट्रको गहना भएको भन्दै बिद्यार्थीहरुलाई खेल आबश्यक हुने उनले बताए ।

गोरखा एजुकेशन गु्रपका अध्यक्ष मान बहादुर बुढाको अध्यक्षता तथा १९ नं. बाहीनीका साहयक बाहीनीपति भक्त बहादुर खड्काको प्रमुख आतिथ्य तथा तुलसीपुर उपमहानगरपालिका ६ का अध्यक्ष नबराज लामिछानेको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा जोशीले बिद्यालयमा हुने यस्ता खेलकुदले भबिष्यमा राष्ट्रलाई फाईदा हुने बताए । कार्यक्रमका वडा अध्यक्ष नवराज लामिछानेले सामुदायिक र संस्थागत बिद्यालयबीच सहकार्य गरेर अगाडी बढ्नु पर्ने बताए । शिक्षा क्षेत्रको बिकासका लागि संस्थागत बिद्यालयको पनि भूमिका महत्वपूर्ण रहेको भन्दै आउँदा दिनमा पनि सहकार्य गरेर अगाडि बढ्नु पर्ने वताए ।
कार्यक्रममा स्रोत ब्यक्ति बिष्णु खत्री, स्कुलका सल्लाहकार प्रमोद न्यौपाने,  खेलकुद शिक्षक मोहन स्वर्णकारलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

बिद्यालय व्यबस्थापन समितिका उपाध्यक्ष डोर बहादुर जिसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बिद्यार्थीहरुले स्वागत गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक कमल भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस