आयुर्वेदको महत्व बुझाउन सकनु पर्छ

श्रीधर गौतम | माघ २१, २०७४ | ३२७ पटक हेरिएको

तुलसीपुर ।

आर्युवेदका बिद्यार्थीलाई स्वागत तथा बिदाई तुलसीपुर २१ माघ । नेपाल संस्कृत बिश्वबिद्यालय जनता बिद्यापीठ बिजौरीमा आर्युवेद तर्फका प्रथम बर्षका बिद्यार्थीलाई स्वागत गरिएको छ । भने तेस्रो बर्षको परिक्षा दिएर जान लागेका बिद्यार्थीहरुलाई बिदाई गरिएको छ । आर्युवेद संकायमा अध्ययन गरिरहेको बिद्यार्थीहरुले नयाँ बिद्यार्थीलाई स्वागत गर्नुका साथै परिक्षा दिएर जान लागेका तेस्रो बर्षका बिद्यार्थीहरुलाई विदाई गरेको हो । आर्युवेद तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थी डेकेन्द्र थापाको अध्यक्षता तथा नेपाल संस्कृत विश्वबिद्यालय आर्युवेदन अध्ययन संस्थाका डिन डा. सञ्जय पोख्रेलको प्रमुख आतिथ्य एबं साह्यक डिन डा. राजेश्वर अर्यालको र जनता बिद्यापीठका प्राचार्य माधब अधिकारीको बिशिष्टि आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अबशरमा प्रमुख अतिथि पोख्रेलले नयाँ बिद्यार्थीलाई आर्युवेदको महत्व धेरै रहेको भन्दै आर्युवेदन अध्ययन गर्ने बिद्यार्थीको भबिष्य उज्जवल रहेको वताएका थिए । नेपालमा प्रस्स्तै जडिबुटी भएपनि त्यसको सहि सदुपयोग हुन नसकेको भन्दै प्रमुख अतिथि पोख्रेलले ती जडिबुटीको प्रयोग गर्न सके नेपाल आर्थिक बिकाससंगै चिकित्सा क्षेत्रको पनि बिकास हुने वताए । आर्युवेदका बारेमा आम नागरिकलाई बुझाउन नसक्दा पछिल्लो समय आर्युवेदको बजार खस्कदै गएको भन्दै यस्को महत्व बुझाउन बिद्यार्थीहरुको भुमिका पनि महत्वपुर्ण हुने वताएका थिए । बिद्यार्थी दीपक भुजेलले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा प्रोफेसर डा. सुनिल कुमार , डा. मनोज अधिकारी, डा. स्मृती पितजु, डा. नारायण पाण्डे, हरिहर देवकोटालगायतले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण श्रीधर गौतमले गरेका थिए ।।

प्रतिक्रिया दिनुहोस