वार्षिकोत्सवको अवसरमा रक्तदान

सूचनापत्र | माघ २०, २०७४ | २६६ पटक हेरिएको

तुलसीपुर ।
तुलसीपुरमा रहेको सहारा बचत तथा ऋण सहकारी संस्थाले आफनो दशौ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । सामाजिक उत्तर दायित्यलाई प्राथामिकतामा राखेको सहकारीले मानवीय सेवाका लागि रक्तदान गरेका कार्यक्रम संयोजक भिमलाल मरासीनीले जानकारी दिए ।


२ सय ५० शेयर सदस्य रहेको सहकारीमा २ करोड बढि पुँजी रहेको छ । शनिवार आयोजना गरिएको रक्तदान कार्यक्रममा २६ जनाले रक्रदान गरेका छन । संस्थाका अध्यक्ष बासुदेव आचार्यको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्यातामा भएको कार्यक्रममा पुर्व अध्यक्ष विष्णु प्रसाद शर्मा, सल्लाहकार बलदेव शर्मा, यम प्रसाद भुसाल, मधुसुदन केसी, उपाध्यक्ष सुमन गौतम, कोषाध्यक्ष शालिकराम वली, सदस्य कमल गौतम, निर्मल नेपाली लगायतकाले वोलेका थिए ।


कर्यक्रममा भीमलाल मरासिनी, टोप बहादुर महतरा, सुमन गौतम, निर्मल नेपाली, रमेश घर्ती, केशव सापकोटा, शालिकराम वली, सन्दिप भुसाल, नविन पराजुली, सुशीला धिताल लगायतकाले रक्तदान गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव केशव साप्कोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस