सल्यानमा बस दुर्घटना

सूचनापत्र | माघ ०८, २०७४ | २८१ पटक हेरिएको

सल्यान।
सल्यानको भाण्टा खोला मा सोमवार भएको यात्रु बहाक बस दुर्घटना हुँदा तीन जनाको मुत्यु भएको छ । भने ३८ जना यात्रु घाइते भएका छन ।
तुलसीपुर–सल्यान सडक खण्डको लुहामको रातोभाले कटेज नजिकैको बैघारे खोलामा सोमवार दिउँसो मालिका कालिका यातायात प्रालिको रुकुमबाट दाङका लागि छुटेको ना ५ ख ५३१ नम्बरको यात्रु बस दुर्घटना भएको हो । सल्यानको त्रिवेणी गाउँपालिका ६ मा पर्ने दुर्घटना स्थलमा बस भीरमा झण्डै एक सय मिटर तल खोलामा खसेको थियो ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको र ३८ जना घाइते भएको सल्यान प्रहरी प्रमुख भरतकुमार विश्वकर्माले जानकारी दिए । रुकुमबाट बिहान यात्रु बोकेर दाङ हिडेको बस सडकबाट सय मिटर तल खसेको छ ।


प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुने तीनै जनाको सनाखत भएको छ । दुर्घटनामा मुत्यु हुनेहरुमा सल्यान बाघचौर नगरपालिका निवासी ६५ वर्षिया छन्चरी विक, रुकुम मुसीकोटकी ३४ वर्षिया पुष्पा खडका केसी, र रुकुम पेउघाका १७ वर्षिय भीम बहादुर खडकाको मृत्यु भएको प्रहरी प्रमुख विश्कर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस